बाढी र पहिरोमा परी कालीकोटमा ६ जना बेपत्ता

सुर्खेत, १३ साउन । बाढी र पहिरोमा परी कालीकोटको रास्कोट नगरपालिका १, मा ६ जना बेपता भएका छन । सोमबार राति रास्कोट १, बडलतोलामा गंगे खहरे खोलामा आएको बाढीले राजबहादुर शाहीको घर बगाउँदा उनीसहित पाँचजना बेपता भएका छन् ।

प्रहरीका अनुसार बेपत्ता हुनेमा राजबहादुरकी १५ वर्षीया छोरी संगीता शाही, १२ वर्षीया कौशा शाही, ८ वर्षीय छोरा नवीन शाही र १५ वर्षीया साली अस्मिता रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक यक्षराज जोशीका अनुसार सोही वडाको चोक्टेबगरमा टेके टमाटाको घर पहिरोले पुरिँदा पाहुँना आएकी १४ वर्षीया बेलपुरा शाही बेपत्ता भएका छन् ।

बपत्ता भएका हरुको प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेका छन् । जिल्लाबाट थप प्रहरी घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board