सुनको मूल्यमा निरन्तर वृद्धि, आज प्रतितोला ९८ हजार २०० कायम

काठमाडौँ, १३ साउन । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्याशितरूपमा बढेको छ । गत शुक्रबार प्रतितोला रु ९५ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा आज रु दुई हजार ४०० ले वृद्धि भएको छ ।

आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार २०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९७ हजार ७६० निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज एक तोला चाँदीको मूल्य रु एक हजार २४५ कायम भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति