विश्वभर कोरोनाबाट मृत्यु हुने साढे ६ लाख नाघे

काठमाडौं, १३ साउन । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ६ लाख ५० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण ६ लाख ५३ हजार ३५३ जनाको मृत्यु भएको छ ।

सबैभन्दा धेरै मानिसको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा अहिलेसम्म एक लाख ४८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । त्यस्तै ब्राजिलमा ८७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै बेलायतमा अहिलेसम्म ४५ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या पनि एक करोड ६४ लाख नाघिसकेको छ । अमेरिकामा सबैभन्दा धेरै ४२ लाख ९० हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने ब्राजिलमा पनि २४ लाख ४२ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।

भारतमा पनि १४ लाख ८५ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । अहिलेसम्म विश्वभर कोरोना भाइरसका ९५ लाख ३१ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति