गुगलले अर्को वर्षको जुनसम्म घरबाटै काम गर्न कर्मचारीलाई निर्देशन दियो

न्यू योर्क, साउन

/ गुगलको माउ कम्पनी अल्फाबेटका प्रमुख कार्यकारी सुन्दर पिचाईले सोमबार आफ्ना कर्मचारीहरूलाई आगामी वर्षको मध्यसम्म कामका लागि कार्यालयमा आउनुनपर्ने बताएका छन्।

कर्मचारीले गत मार्चदेखि नै घरबाट काम गर्दै आइरहेका उनीहरूलाई कम्पनीले यसअघि आगामी जनवरीबाट कार्यालय सुरू हुनसक्ने बताएको थियो।

‘कर्मचारीलाई अगाडिको योजना बनाउन सजिलो होस् भन्नका लाहि हामीले ‘वर्क फ्रम होल’लाई जुन ३०, सन् २०२१ सम्मका लागि बढाउने भएका छौं’, गुगलका एक प्रवक्ताले भने।

यो कार्यालयमा भौतिकरूपमा उपस्थित भएर काम गर्नुपर्ने कर्मचारीको हकमा भने लागु हुनेछैन।

प्राविधिक कम्पनीहरूले कोरोनाको महामारी सुरू हुनेबित्तिकै घरबाट काम गर्ने नीतिलाई अबलम्बन गर्न सुरू गरेका थिए।

उनीहरू आफ्ना कर्मचारीलाई तत्कालै कार्यालयमा फर्काउन इच्छुक छैनन्। मेमा फेसबुकले आफ्ना धेरै कर्मचारीलाई स्थायीरूपमै घरबाट काम गर्न दिने घोषणा गरेको थियो।

यस कदमले कोरोना भाइरसको महामारी कति लामो समय जान्छ भन्नेमा कोही निश्चिन्त नरहेको देखाएको छ।

न्यू योर्क जस्ता शहरमा संक्रमणदरमा कमी आउँदै गरेको भएपनि हाल अमेरिकामा कोरोना भाइरसको नयाँ महामारी सुरू भइसकेको छ।

यो निर्णयको समाचार सुरूमा द वाल स्ट्रिट जर्नलमा प्रकाशित भएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति