विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ६६ लाख नाघ्यो

काठमाडौं, १३ साउन ।   विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ६६ लाख २९ हजार ६५१ पुगेको छ । यस्तै कोरोनाबाट ६ लाख ५५ हजार ८७३ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये एक करोड २ लाख १७ हजार ५७३ जनाले यस भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भएको  वर्ल्डोमिटर्सले जनाएको छ । निको र मृत्यु हुनेबाहेक अहिले सक्रिय संक्रमितको संख्या ५७ लाख ५६ हजार २०५ रहेको छ । तीमध्ये ६६ हजार ६ सय ६ जना गम्भीर बिरामी रहेका छन् ।

कोरोनाभाइरसबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । त्यहाँ कोरोना संक्रमितको संख्या ४४ लाख ३२ हजार ५५१ पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४२५ पुगेको छ । २१ लाख ३३ हजार ८१० जना निको भएर घर फर्केका छन् भने १९ हजार १४६ जना गम्भिर अवस्थामा रहेका छन् ।

अमेरिका पछि सबैभन्दा बढी ब्राजिलमा कोरोना भाइरस फैलिएको छ । त्यहाँ संक्रमितको संख्या २४ लाख ४३ हजार ४८० सय पुगेका छ भने मृत्यु हुनेको संख्या ८७ हजार ६७९ रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board