अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघ्यो

काठमाडौं, १३ साउन । चीनको उहान राज्यबाट फैलन सुरु भएको नोवेल कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ५७० जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४१८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै एकै दिन ६० हजार २७२ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमित संख्या ४४ लाख ३२ हजार १११ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २१ लाख ३३ हजार ५८२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २१ लाख ४८ हजार १११ जनामध्ये १९ हजार १४६ जनाको अवस्था गम्भीर रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति