भारतमा कोरोना संक्रमितको संख्या १४ लाख ८२ हजार नाघ्यो, मृतकको संख्या ३३ हजार ४४८ पुग्यो

काठमाडौं, १३ साउन । विश्वभर महामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस भारतमा दिन प्रतिदिन तिव्रगतिमा फैलिएको छ । सोमबारको तुलनामा ४ हजार कम संक्रमित थपिएका छन् ।

सोमबार सर्वाधिक ५० हजारभन्दा बढी संक्रमित भएकामा मंगलबार ४६ हजार ४८४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि आइतबार, शनिबार र शुक्रबार लगातार ४८ हजारभन्दा बढी संक्रमित भेटिएका थिए । भारतमा कुल संक्रमित संख्या १४ लाख ८२ हजार ५०३ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो ।

संक्रमितमध्ये अहिलेसम्म ९ लाख ५३ हजार १८९ संक्रमणमुक्त भएका छन् भने ४ लाख ९५ हजार ८६६ जनाको उपचार भइरहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६३६ जनाको मृत्यु भएपछि मंगलबार बिहानसम्म ज्यान गुमाउनेको ३३ हजार ४४८ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board