प्रदेश नं १ मा २३ जना कोरोना सङ्क्रमित

काठमाडौं १२ साउन । प्रदेश नं १ मा आज २३ जनामा सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १९, झापामा दुई, पाँचथर र धनकुटामा एक÷एक जनामा सङक्रमण देखिएको छ ।

यसरी सङ्क्रमण देखिएकामा विराटनगरका पाँच महिलासहित सात, रतुवामाईका १२, झापाको बाह्रदशीका दुई, पाँचथरको याङवरक र धनकुटाको महालक्ष्मीका एक/एक जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या ९४५ पुगेको छ भने निको भै घर फर्कने ७४७ रहेका छन् । प्रदेशमा आज ५१८ को पिसीआर परीक्षण गरिएको छ भने अहिलेसम्म ४० हजार १८ को पिसीआर परीक्षण सम्पन्न भैसकेको मन्त्रालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board