बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, १२ साउन । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठकमा लकडाउन खुला गरेपछिको अवस्था र अबको रणनीतिलगायतका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

बैठकमा राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव चयन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत नियुक्ति लगायतका निर्णय हुने बताइएको छ। त्यस्तै, नेपाल प्रहरीका रिक्त दुई एआइजी बढुवाको निर्णय आजकै बैठकबाट हुने भए उक्त बैठकमा लकडाउन खुला गरिएको अवस्थाको समीक्षा हुने र रोकिएका विभिन्न तहका परीक्षा लगायतमासमेत छलफल हुने स्रोतको दावी छ।

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा निवर्तमान सदस्य सचिव रमेश सिलवालसहित लिलबहादुर थापा र अञ्जु श्रेष्ठको नाम सिफारिस गरिएको छ । यस्तै अर्थमन्त्री नेतृत्वको सिफारिस समिति लगानी बोर्डको सीईओका लागि तीन जनाको नाम सिफारिस गरिएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board