स्याङ्जामा १८ प्रहरीमा कोरोना संक्रमण, प्रहरी कार्यालय सिल

स्याङ्जा,१२ साउन । स्याङ्जामा सोमबार थप १८ जना प्रहरी कर्मचारीमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाका डीएसपी राजेन्द्र अधिकारीका अनुसार साउन ७ र ८ गते ४ जना थुनुवासहित ९८ जनाको स्वाब संकलन गरिएको थियो,’ डीएसपी अधिकारीले भने, ‘जसमध्ये ३५ जनाको रिपोर्ट आउँदा १८ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।अन्यको रिपोर्ट आउन बाँकी छ ।’

यसअघि साउन ६ गते तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्ला प्रहरी कार्यालयमा मात्रै कोरोना संक्रमित हुने प्रहरी कर्मचारीको संख्या २१ पुगेको छ । निर्देशनालयका अनुसार प्रहरीमा कोरोना संक्रमण देखिएसँगै कार्यालय पनि सिल गरिएको छ ।
यसअघि साउन ६ गते तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय परिसरमा सर्वसाधरण सेवाग्राहीलाई प्रवेश निषेध गरेर स्वाब संकलन गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति