विश्वभर कोरोना सङ्क्रमितको संख्या एक करोड ६४ नाघ्यो

जेनेभा, स्वीट्जरल्याण्ड, १२ साउन । विश्वमा सोमबारसम्म एक करोड ६४ लाख ३२ हजार ११० जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख ५२ हजार ४३७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले शनिबार जानकारी दिएको छ ।

सङ्क्रमितमध्ये हालसम्म १ लाख ५६ हजार ५५४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५७ लाख २१ हजार ८४४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार २२९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४३ लाख ७१ हजार ८३९ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४९ हजार ८४९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३७ लाख ४२ हजार ३६६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ३४ हजार २५६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५१ लाख २९ हजार ९०६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ८ हजार ५९६ जनाको मृत्यु भएको छ ।

युरोपमा २७ लाख ८४ण् हजार ८४२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख १ हजार ५३२ को मृत्यु भएको छ । एसिया ३९ लाख ५ हजार ४३९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८७ हजार ४६५ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा आठ लाख ५० हजार ६२८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १७ हजार ८०८ जनाको मृत्यु भएको छ । ओसियानामा १६ हजार ६६४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १८३ जनाको मृत्यु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board