अफगानिस्तानमा कोरोना भाइरस सङ्क्रमतिको संख्या ३६ हजार २६३ पुग्यो

अफगानिस्तान,१२ साउन । अफगानिस्तानमा सोमबार थप १०६ मा कोभिड १९ को सङ्क्रमण देखिएपछि कुल सङ्क्रमिको संख्या ३६ हजार २६३ पुगेका यहाँँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।गत २४ घण्टामा ४७१ व्यक्ति कोरोना भाइरस परिक्षण गरिएको यसमा १०६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको सो मन्त्रालयले जनाएको छ ।

आफगानिस्तानमा गत फेब्रुअरी महिनाबाट कोरोना भाइरसको प्रकोप देखिएको र सो समयबाट हालसम्म यस सङ्क्रमणबाट १ हजार २६९ व्यक्तिको मृत्यु भईसकेको छ । सङ्क्रमित व्यक्ति मध्ये २५ हजार १९८ जना निको भएर घर फर्किएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति