पार्टीमा जानु छ!छोटो समयमै उत्कृष्ट मेकअप कसरी गर्ने ?

काठमाडौँ,१२ साउन । चाहे चार्डपवको समयमा होस् अथवा कुनै पार्टीको समयमा होस् कतिपय बेला भने मेकअपमा धेरै समय लगाएको भनेर पनि कुरा हुन्छ । महिलाहरु छोटो समयमा छिटोछिटो तयार हुन खोज्छन् । जसका कारण उनीहरु राम्री देखिनुको साटो नराम्रो पनि देखिन सक्छन् ।

छोटो समयमै उत्कृष्ट मेकअप कसरी गर्ने त

मेकअप गर्दा सबैभन्दा पहिला प्राइमर लागाउनुहोस् जसले गर्दा तपाईको मेकअप लामो समयसम्म रहन मदत गर्छ ।
प्राइमर लगाइसकेपछि निधार, नाक, चिउडो र गालामा फाउन्डेसन लगाएर राम्रोसँग औँलाले ब्लेन्ड गनुहोस् । औँलाले ब्लेन्ड गरिसकेपछि हल्का चिसो स्पोन्जले अझै राम्रोसँग ब्लेन्ड गर्नुपर्छ ।

राम्रो सँग फाउन्डेसन लगाइसकेपछि मुखमा भएको दागहरु छोप्नका लागि आफ्नो आवश्यक्ता अनुसार कन्सिलर लगाउनुहोस् । सानो ब्रस वा स्पोन्जको मदतले मुखको सबै भागमा लगाउनुहोस् अझ बढी नाकको आसपास, आँखाको मुनी, ओठको छेउमा कन्सिलरको प्रयोग गनुपर्छ । जस्ले गर्दा मुखको सबै दाग छोपिन्छ ।

मुखको अन्य भाग जस्तै आँखालाई पनि सुन्दर राख्न उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले आँखाको वरपर कन्सिलर वा फाउन्डेसन सेट गर्नका लागि ब्रसको माध्यमले गाढा हुने गरी लगाउनु पर्छ । त्यसपछि मात्र आफ्नो कपडासँग मिल्ने रंगको आईस्याडो, गाजल लागाउनुहोस् । र आफूलाई चाहिएको खण्डमा नक्कली परेला पनि लगाउन सक्न् हुन्छ ।अन्त्यमा लिबिस्टक लगाउनुहोस् र आफूलाई सुन्दर बनाउनुहोस् । यसरी नै छोटो समयमा सुन्दर बन्न सकिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board