सिटौला बनिन् सरिता गिरीको बर्खास्तीपछि सांसद

काठमाडौं, १२ साउन । लिलादेवी सिटौला समाजवादी पार्टीबाट समानुपातिक सांसद बनेकी छिन् । सरिता गिरीलाई समाजवादी पार्टीले कारबाही गरेपछि उनको ठाउँमा सिटौला सांसद बनेकी हुन् । तत्कालीन समाजवादी पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूचीमा गिरीपछि सिटौलाको नाम थियो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचन आयोगले सोही आधारमा समाजवादी पार्टीको सिफारिसमा सिटौलालाई संघीय संसदको प्रतिनिनिसभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको छ ।

यसअघि गिरीले संविधान संशोधनसम्बन्धी प्रस्तावमा पार्टी हितविपरितको गतिविधि गरेको भन्दै समाजवादी पार्टीले उनलाई सांसद नरहने गरी कारबाही गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति