आज मन्त्रिपरिषदको बैठक बस्दै, यी विषयमा हुँदैछ निर्णय

काठमाडौ, १२ साउन । मन्त्रिपरिषद बैठक आज साँझ पाँच बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव चयन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत नियुक्ति लगायतका निर्णय हुने बताइएको छ।

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा निवर्तमान सदस्य सचिव रमेश सिलवालसहित लिलबहादुर थापा र अञ्जु श्रेष्ठको नाम सिफारिस गरिएको छ । यस्तै अर्थमन्त्री नेतृत्वको सिफारिस समिति लगानी बोर्डको सीईओका लागि तीन जनाको नाम सिफारिस गरिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति