सुनको मुल्यमा आज पनि नयाँ रेकर्ड, तोलाको साढे ९७ हजार

काठमाडौं, १२ साउन । आज सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेको छ । प्रतितोला ९६ हजार तीन सयमा आइतबार कारोबार भएको सुन एकैदिन १२ सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको उच्च मूल्य आइतबार थियो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि ६० रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा पुगेको छ ।

आइतबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति