विराटनगर महानगरपालिका आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

विराटनगर, १२ साउन । मोरङको विराटनगर महानगरपालिकाले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । कोरोना संक्रमण समुदायमा फैलिन सक्ने सम्भावना बढेपछि यस्तो निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।

मेयर भीम पराजुलीको अध्यक्षतामा बसेको नगरस्तरीय कोभिड १९ संकट व्यवस्थापन समिति (सिसिएमसी) बैठकले यस्तो निर्णय गरेको हो । नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरु दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापन, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिशबाहेक अन्य सबै सेवा स्थागित गर्ने निर्णय महानगरपालिकाले गरेको छ ।

बैठकले उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासंग आवश्यक छलफल गरी थप नगरभित्र थप कडाइ गर्ने निर्णयसमेत गरेको छ । यसैबीच कोरोना संक्रमण समुदायमा फैलिएपछि विगत तीन दिनदेखि पर्साको विरगञ्जमा निशेधाज्ञा लागू गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board