मुस्ताङको थासाङमा घर भत्किँदा एकको मृत्यु

ठिनी मुस्ताङ, १२ साउन । मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा घर भत्किँदा गएराति एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा १८ वर्षीय निशान तुलाचन रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

उनका अनुसार घर भत्किँदा निशानका हजुरबुबा ७० वर्षीय रनप्रसाद गौचन घाइते भएका छन् । ढुङ्गा र माटोले बनेको घर वर्षाले भत्किएको बताइएको छ ।

बाजे नाति सुतेको अवस्थामा घर भत्किएको थियो । स्थानीयवासी र प्रहरीको टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि लेत प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति