नेपालमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु : मृतकको संख्या ४७ पुग्यो


काठमाडौं, ११ साउन । धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ज्वरो र रुघाखोकी लागेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका–८ डुमरियाका ३८ बर्षीय युवकको थप उपचारका लागि धरान लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको थियो । प्रदेश २ को स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले आइतबार साँझ ७ बजे युवकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोना संक्रमितको मृत्यु भएपछि सुरक्षा सतर्कता अपनाउने सम्बन्धी छलफल भइरहेको जानकारी दिए।

यता आज आइतवार विहान वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डक अस्थायी कोभिड–१९ अस्पतालमा उपचारत भारत विहारका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।

स्वास्थ्य अवस्था बिग्रदै गएपछि साउन १० उनलाई आइसियुमा भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड डा. मदन उपाध्यायले जानकारी दिए । उनलाई एकहप्ता देखि ज्वरो आइरहेको थियो। डा. उपाध्यायका अनुसार ती पुरुष मधुमेहका बिरामी थिए। उनको स्वाब परीक्षणको रिपोर्ट मृत्यु पछि आएको हो।

रिपोर्टमा कोरोना पोजिटिभ आएको डा उपाध्यायले जानकारी दिए । यो सगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board