सुशान्तको ‘दिल बेचरा’ले रच्यो नयाँ रेकर्ड

बलिउड – नायक सुशान्त सिंह राजपुत अभिनित अन्तिम चलचित्र ‘दिल बेचरा’ले नयाँ रेकर्ड राखेको छ । बिहिबार बेलुकी डिजिटल प्लेटफर्ममा रिलिज भएको यो चलचित्रलाई २४ घन्टा भन्दा कम समयमा ७ करोड ५० लाख भन्दा बढी भ्यूज मिलेको छ ।

लभ स्टोरी कथामा बनेको यो चलचित्रको ट्रेलरले पनि युटुबमा नयाँ रेकर्ड राखेको थियो । यो चलचित्रको ट्रेलरलाई युटुबमा १ करोड भन्दा बढी लाइक्स मिलेको छ ।

यो कुनै पनि भारतीय चलचित्रलाई डिजिटल प्लेटफर्ममा मिलेको सर्वाधिक धेरै भ्यूज हो । यो चलचित्रमा सुशान्त सिंह राजपुत, सन्जना साँघी लगायतका कलाकारको अभिनय छ ।

मुकेश छावराको निर्देशनमा तयार भएको यो चलचित्रलाई दर्शकले अत्याधिक रुचाएका छन् । ए आर रहमानको संगीत रहेको चलचित्रलाई हटस्टारमा रिलिज गरिएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board