सुनको मूल्य बढ्ने क्रम रोकिएन, तोलाको ९६ हजार ३०० रुपैयाँमा कारोबार

काठमाडौं, ११ साउन । सुनको मूल्य बढ्ने क्रम रोकिएको छैन । मूल्य बढ्ने क्रममा आज सुन तोलाको ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले कारोबारको अन्तिम दिन शुक्रबारको तुलनामा सुनको मूल्य आज तोलामा रु ५०० बढेको बताएको छ ।

यस्तै आज तेजावी सुनको मूल्य ९५ हजार ८६० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य १ हजार १ सय ५५ रुपैया“ प्रतितोलाका दरले कारोबार भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board