प्रहरी हेडक्वार्टरमा चार जनामा कोरोना संक्रमण

काठमाडौं ११ साउन । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत चार जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीका अनुसार प्रहरी अस्पतालमा कोरोना परीक्षण गर्दा चार जनालाई संक्रमण देखिएको हो । उनीहरुलाई थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको बताईएको छ ।

श्रोतका अनुसार चार जनामा पुष्टि भएपछि कन्ट्याक ट्रेसिङबाट थप प्रहरी अधिकारीको स्वाब संकलन गरिएको हो । केहीमा संक्रमण पुष्टि भएको बताईएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति