ब्राजिलमा कोरोनाबाट ८६ हजार बढी ब्यक्तिको मृत्यु

काठमाडौं, ११ साउन ।  विश्वभर महाकारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट ब्राजिलमा मृत्यु हुनेको संख्या ८६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार १११ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८६ हजार ४९६ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा आइतबार बिहानसम्म २३ लाख ९६ हजार ४३४ संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ४८ हजार २३४ जनामा संक्रमण पुष्टि भएको छ ।संक्रमितमध्ये १६ लाख १७ हजार ४८० जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९२ हजार ४५८ जनाको उपचार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति