भारतमा पछिल्लो २४ घण्टा ४८ हजार ४७२ जना संक्रमित

काठमाडौं, ११ साउन । लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा आइतबार यो समाचार तयार पार्दा पनि पछिल्लो २४ घण्टा ४८ हजार ४७२ जना संक्रमित भएका छन् ।

यसअघि शनिबार अहिलेसम्मकै सर्वाधिक ४८ हजार ८९२ जना संक्रमित भएका थिए भने शुक्रबार पनि ४८ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको थियो । तीन दिनमा मात्रै भारतमा १ लाख ४५ हजार ८१० जना संक्रमित भएका छन् ।

भारतमा कुल संक्रमित संख्या १३ लाख ८५ हजार ४९४ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ८ लाख ८६ हजार २३५ संक्रमणमुक्त भएका छन् भने ४ लाख ६७ हजार १६३ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६९० जनाको मृत्यु भएपछि आइतबार बिहानसम्म ज्यान गुमाउनेको ३२ हजार ९६ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board