नेपालमा थप १ सय ९ जनामा कोरोना संक्रमण

काठमाडौं, १० साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १०९ जनामा कोरोना पुष्टि भएको बताए । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । यो संगै नेपालमा कोरोना १३ हजार ५३ जना संक्रमित डिस्चार्ज भएका छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति