आसाममा बाढीबाट मृत्यु हुनेको संख्या ९६ पुग्यो

काठमाडौं, १० साउन । भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र बाढीमा परी ज्यान जाने व्यक्तिको संख्या ९६ पुगेको छ । यहाँ शुक्रबार थप तीन जनाको ज्यान गएपछि बाढीबाट यहाँका कम्तीमा पनि ९६ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

यस राज्यमा गएको हप्तादिनसम्म परेको अविरल वर्षापछि ठूलो बाढी आएको थियो । अहिले पनि वर्षाको क्रम जारी नै छ । त्यस बाढीमा परी यस राज्यका अधिकारीहरुले यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन् ।

आसाम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार यहाँ शुक्रबार बिहानसम्म ९३ जनाको ज्यान गएको र शुक्रबार राति थप तीन जनाको शव भेटिएको बताएको हो ।
यहाँका २७ लाख मानिस नराम्ररी प्रभावित भएका पनि सो विभागले जनाएको छ । उनीहरु घरबास छोडेर सुरक्षित स्थलतर्फ जानुपर्ने अवस्था आएको बताइएको छ ।

तीमध्ये चार हजार भन्दा बढी मानिस घरबारबिहीन नै भएका छन् । आसाममा चार सयभन्दा बढी शिविर बनाएर विस्थापित भएका मानिसहरुलाई राखिएको बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board