नारायणगढ–मुग्लिङ सडक एकतर्फी रुपमा सुचारु

काठमाडौं, १० साउन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाएर बाटो बनाइएकाले यो सडकखण्डमा गाडी चल्न थालेका प्रहरीले जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका९६ चारकिलोमा पहिरो खसेपछि हिजो बिहानदेखि अवरुद्ध सडक रातिदेखि दुईतर्फी नै खुलेको हो । यस्तै पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिङ सडकखण्डमा एकतर्फी रुपमा गाडी चल्न थालेका छन् । पहिरोका कारण बन्द यो सडकखण्ड गए रातिदेखि एकतर्फी रुपमा खुलेको हो ।

हिजो दिउँसोदेखि साना गाडी चल्न थालेको यो सडकखण्डमा रातिदेखि भने ठूला र सामान बोकेका गाडी पनि एकतर्फी रुपमा आलोपालो गरी चल्न थालेका इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।

मौवाखोलामा रहेको पुलको केही भाग मर्मतपछि रातिदेखि सामान बोकेका र ठूला गाडी पनि चल्न थालेका हुन् । अहिले पनि मर्मतको काम भने चलिरहेको छ । मर्मतको काम भइरहेकाले पुल आसपासको क्षेत्रमा चिप्लो तथा जोखिम नै भएको भन्दै गाडी चलाउँदा सावधानी अपनाउन इञ्जिनियर अधिकारीले आग्रह गर्नुभयो । धादिङको मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड गएको ५ गतेदेखि बन्द भएको थियो ।

यसैगरी पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम–कोरोला सडकखण्ड अझै खुल्न सकेको छैन । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड अवरुद्ध भएको हो । आर्याभन्ज्याङ–रामपुर सडकखण्ड पनि अवरुद्ध भएको छ ।

बासुका पाल्पा भन्ने ठाउँमा पहिरो खसेकाले यो सडकखण्डमा गाडी नचलेका हुन् । साँफेबगर९मार्तडी सडकखण्ड पनि बन्द नै छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ । यस्तै यो सडकखण्डको अम्कोट, ताप्रीसेरा, घट्टेखोलालगायतका ठाउँमा पहिरोसमेत गएको छ ।

यस्तै पहिरोका कारण बन्द कान्ति लोकपथ पनि अझै सञ्चालनमा आएको छैन । यस्तै बेशी शहर चामे९सडकखण्ड पनि अवरुद्ध छ । घोप्टेखोला, रामबजार र च्याम्चेमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो । ठाउँठाउँमा पहिरो गएकाले महाकाली राजमार्ग अन्तर्गत सतबाँझ दार्चुला सडकखण्ड पनि अवरुद्ध छ ।

सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ । पहिरोका कारण डुम्रे९बन्दीपुर९सडकखण्ड पनि अवरुद्ध छ । गल्छी–त्रिशुली–मैलुङ–स्याुफ्रुबेशी–रसुवागढी सडकखण्ड पनि साउन १ गतेदेखि अवरुद्ध नै छ । सडक सञ्चालनमा आउन समय लाग्ने सडक विभागले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board