विश्वभर १ करोड ५९ लाख कोरोना संक्रमित, ९७ लाख १५ हजार ९८३ जना निको

काठमाडौं, १० साउन ।  विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ८८ हजार २५४ जनामा संक्रमण देखिए छ । शनिबार बिहानसम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५९ लाख ३० हजार ६७१ पुगेको हो । कुल संक्रमित मध्ये ६०.९८ प्रतिशत संक्रमित उपचारपछि निको भएको वर्ल्डोमिटर्सले जनाएको छ । विश्वभर संक्रमण मुक्त हुनेको संख्या ९७ लाख १५ हजार ९८३ छ ।

पछिल्लो २४ घण्टामा ६ हजार १८२ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ४१ हजार ८६८ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ९५४ जनाको मृत्यु भएको छ । २७ लाख ५२ हजार ३६२ जना संक्रमित भएकोमा १६ लाख ५१ हजार १७३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ५ हजार १५४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४९ लाख ७२ हजार ८४४ पुगेको छ । त्यसमध्ये २४ लाख ७९ हजार ७५४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ८७ हजार ३५४ जनाको मृत्यु भएको छ । ३७ लाख ५० हजार ५३४ जना संक्रमित भएकोमा २६ लाख ९१ हजार ५५३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३१ हजार ८४ जनाको मृत्यु भएको छ । ३६ लाख २४ हजार ७५१ जना संक्रमित भएकोमा २४ लाख १७ हजार ९६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १७ हजार १४६ जनाको ज्यान गएको छ भने ८ लाख १४ हजार १६५ संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ६५ हजार ३५७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १६१ जनाको मृत्यु भएको छ । १५ हजार २९४ जना संक्रमित भएकोमा १० हजार ३९९ जना संक्रमणमुक्त भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board