मुक्तिनाथ विकास बैंकले साउन महिनाको ब्याजदरमा २ प्रतिशत छुट दिने

काठमाडौं, ९ साउन । मुक्तिनाथ विकास बैंकले श्रावन महिनाको व्याजदर दुई प्रतिशतले छुट दिने निर्णय गरेको छ ।

बैंकबाट कर्जा लिएका ग्राहकले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी सावाँ र ब्याज यहि ०७७ साउन मसान्तभित्रमा चुक्ता गरेमा श्रावन महिनाको व्याजदर दुई प्रतिशतले छुट दिने मुक्तिनाथ बैंकले जनाएको छ ।

त्यसको लागि बैंकले २५ दिनको अल्टिमेट टाईम तोकेको जानकारी दिएको छ । मुक्तिनाथ विकास बैंकले अरु बैंकहरुभन्दा ब्याजदरमा ग्राहकलाई केहि सस्तोमा सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति