कोरोना संक्रमित ८५ वर्षीया वृद्धाको मृत्यु, मृतकको संख्या ४४

वीरगञ्ज, ९ साउन । कोरोना भाईरसका कारण नेपालमा थप १ जनाको मृत्यु भएको छ । वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको हो ।

गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जनाएका छन् ।

डा. सिंहका अनुसार शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको हो । उनी मुटुका रोगी थिइन् । केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् ।

साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिहीबार एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा ल्याइएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति