हजारको नोटमा ‘राम लक्ष्मण’

चितवन, ९ साउन । नेपाल राष्ट्र बैंकले नेपालमा पाइने हात्तीको तस्वीर राखेर नोट प्रकाशन गरेको छ । नेपाली नोटमा विदेशी हात्ती प्रयोग भएको गुनासो उठेपछि नेपालमा पाइने हात्तीको तस्वीर र नोटको बाँयातर्फ सगरमाथाको चित्रसमेत छ । उक्र नोट साउन ७ गतेदेखि सञ्चालनमा आएको छ ।

अहिलेको नोटमा दुईवटा हात्ती रहेका छन् भने, यसअघिका एक हजारको नोटमा एउटा मात्रै हात्तीको चित्र अंकित रहेको थियो । राम र लक्ष्मणले अहिले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिइरहेका छन् । रामलाई अहिले सौराहाको हात्तीसारमा राखिएको छ भने लक्ष्मण कसराको हात्तीसारमा छन् ।

हात्तीले जुम्ल्याहा सन्तान जन्माउनुलाई विश्वमा निकै दुर्लभ घटना मान्ने गरिएको छ । गर्भाधान भएको १८ महिनामा बच्चा जन्माउने हात्तीले प्रायःजसो एक छावा मात्रै जन्माउछ ।

जुम्ल्याहा हात्ती राम (दाँया) र लक्ष्मण (बाँया) ।

तर, झण्डै १२ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा पालिएको देवीकलीले एकै बेतमा पाएकी थिई राम लक्ष्मणलाई । चितवनमा २०४२ सालमा स्थापना गरिएको प्रजनन केन्द्रमा जुम्ल्याहा हात्ती जन्मेको यो पहिलो घटना थियो ।

एक हजार रुपैयाँको नोटमा भएको नेपाली हात्तीको तस्वीर (माथि), विदेशी हात्ती रहेको पुरानो नोट (तल)
  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board