नेकपाका संस्थापक कर्माचार्यको सालिकमा माल्यार्पण

काठमाडौं, ९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक नेता नरबहादुर कर्माचार्यको सातौँ स्मृति दिवसका अवसरमा नेताहरुले उनको यौग्दानको स्मरण गरेका छन् ।

नेकपाका नेताहरुले कमाचार्यले नेपाली कम्युनिस्ट आन्दोलनमा उनले पुर्याएको योगदानको स्मरण गर्दै आज उनको सालिकमा माल्यार्पण गरेका छन् ।

नेता कर्माचार्यको सातौँ स्मृति कार्यक्रमका अवसरमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरुले ललितपुरको कुम्भेश्वरमा पुगेर उनको सालिकमा माल्यार्पण गरेका हुन ।

कर्माचार्यको शालिकमा माल्यार्णपण गर्न शुक्रबार बिहान प्रचण्डसहित बरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु देव गुरुङ, पम्फा भुषाल लगायतका नेता–कार्यकर्ता शुक्रबार बिहान कुम्भेश्वर पुगेका थिए ।

यस्तै अर्का बरिष्ठ नेता झलनाथ खनालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यले कम्युनिस्ट आन्दोलनमा गरेको योगदान र मार्ग दर्शनलाई आत्मसाथ गर्दै समाजबादको बाटोमा लम्कनु पर्ने बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board