प्रहरीमा बढ्दै कोरोनाको जोखिम, ६ इन्स्पेक्टरसहित ११६ संक्रमित

काठमाडौं, ९ साउन । कोरोना भाईरस कोभिड १९ को संक्रम मुलुकका विभिन्‍न जिल्लाका ११६ प्रहरीमा देखिएको छ । ६ इन्स्पेक्टर, ८ सई, ७ असई, ३६ हवल्दार, ५८ प्रहरी जवान र एकजना कार्यालय सहयोगीमा संक्रमित देखिएको छ । जसमध्ये दुई महिला र ११४ पुरुष छन् ।

संक्रमित प्रहरीमा काठमाडौंका ९, भक्तपुरका १, धनकुटाका २, मोरङका ५, बाराका ७, धनुषाका १२ , सर्लाहीका २, सिरहाका ३, सप्तरीका ४, रौतहटका ४, महोत्तरीका २, तनहुँका २, नवलपरासीका ५, बागलुङका एक र स्याङ्जाका तीनजना छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार यस्तै बाँकेका २, कपिलवस्तुका ६, गुल्मीका १, बर्दियाका २, दाङका २, प्युठानका २, जुम्लाका २, जाजरकोटका १, दैलेखका १४, सुर्खेतका ८, डोल्पाका २, कञ्‍चनपुरका ४, अछामका २ र बाजुराका ६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति