निकुञ्‍जमा सैनिकको कुटाइबाट युवकको मृत्यु, सेनाले भन्यो – आन्तरिक छानबिन गर्दैछौँ

काठमाडौं, ९ साउन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको कुटपिटबाट युवकको मृत्यु भएको छ । उक्त मृत्यु भएको घटनाबारे आन्तरिक छानबिन सुरु भएको छ ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आन्तरिक छानबिन थालिएको नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

विज्ञप्तिमा उल्लेख गरे अनुसार यसमा विषयमा अधिकार प्राप्त सरकारी निकायले गरी रहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्नेछ । साथै, नेपाली सेना, सरकारको कार्यादेशअनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्यसम्पादन गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई पिटेका एक युवकको बुधबार मृत्यु भएको थियो । सेनाको कुटपिटपछि घर आएका चेपाङ बिरामी भएपछि अस्पताल लगिएको परिवारले जनाएको छ ।

पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो । सेनाको कुटपिटबाट मृत्यु भएको भन्दै उनका बुबा विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति