भैँसी बचाउन जाँदा पहिरोमा पुरिएर मृत्यु

धादिङ, ९ साउन । भैँसी बचाउन जाँदा पहिरोले पुरिएर गए राति एक जनाको मृत्यु भएको छ ।

थाक्रे गाउँपालिका–६ रानीबारी कार्कीगाउँमा पहिरोमा पुर्दा ५४ वर्षीय सानुबाबु पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

राति गोठमाथीबाट पहिरो झर्न लागेपछि भैँसी फुकाउन जाँदा गोठमा पहिरोले थिचेर पन्थको ज्यान गएको हो ।

पहिरोले पुरेर एउटा भैँसी, एउटा बाख्रासमेत मरेको स्थानीयवासी हरि थापाले बताए । यससहित जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board