पुष्पलाल र बीपी नेपाली राजनीतिका शिखर पुरुष हुन् – मोहनविक्रम सिंह



विपी र पुष्पलाल स्मृति दिवस मनाईरहदा विपी र पुष्पलालको तत्कालीन राजनीतिक ईतिहासलाई कसरी सम्झनुहुन्छ ?
नेपालको प्रारम्भिक राजनीतिक इतिहासमा नेपालको कम्युनिष्ट आन्दोलनको दुई मुख्य धारको रुपमा नेपाली का“ग्रेस र नेपाल कम्युनिष्ट पार्टीलाई लिन सकिन्छ । कम्युनिष्ट आन्दोलनमा पुष्पलालको निकै महत्वपूर्ण स्थान छ र नेपालको प्रजातान्त्रिक खासगरी राणाविरोधी आन्दोलनमा विपीको महत्वपूर्ण ऐतिहासिक योगदान छ । तथापि, यी दुई बीचमा राजनीतिक प्रश्नहरु र मतभेदहरु भने छन् । पुष्पलालस“ग भने एउटै कम्युनिष्ट पार्टीमा रहेर लामो समय काम गरियो, संविधानसभाको चुनावको लागि संघर्ष गरियो । पुष्पलाल र विपी दुवै नेपाली राजनीतिको शिखर पुरुषहरु हुन् ।


पुष्पलालको नया“ जनवादी क्रान्ती र विपीको प्रजातान्त्रिक समाजवादलाई आजको दिनमा कसरी विश्लेषण गर्नुहुन्छ ? खासमा यी दुई राजनीतिक सिद्धान्तको सान्दर्भिकता कसरी अगाडि बढीरहेको छ, यी बीचमा तात्विक फरक के छ ?
पुष्पलालको नया“ जनवादी क्रान्तिको सिद्धान्त माओको जनवादी सिद्धान्त हो, जसलाई पुष्पलालले नेपालमा पहिलोपटक अनुवाद, व्याख्या र प्रयोग गर्नुभयो जसको सान्दर्भिकता आजसम्म पनि छ । किनकी, जबसम्म देशमा अर्धसामन्ती र अर्धउपनिवेश रहन्छ, यसको सान्दर्भिकता रहिरहन्छ । देश अझै यो बाट मुक्त हुन सकेको छैन । जहा“सम्म विपीको प्रजातान्त्रिक समाजवादको प्रश्न हो, यसमा भने हाम्रा केही मतभेद छ, नेपाली समाजले जुन समाजवादको कुरा गरिरहेका छन् तर यसको सारत्वलाई उनीहरुले छाडेका छन् । समाजवादको अर्थ सामन्त, दलाल, पू“जीवादीविरुद्ध र श्रमजिवीको पक्षमा काम गर्नु भन्ने हुन्छ, तर नेपाली का“ग्रेसले सामन्त, दलाल र पू“जीवादीहरुलाई पोस्दै आइरहेको छ । तथापि, राणा शासनविरुद्ध, पञ्चायत व्यवस्थाविरुद्ध नेपाली का“ग्रेसले महत्वपूर्ण संघर्ष गरेको हो, यस्ता कतिपय संघर्षहरुमा हामीले पनि मिलेर काम ग¥यौं । तर नेपाली का“ग्रेसले कयौंपल्ट प्रजातन्त्रको सिद्धान्तविरुद्ध र राजालाई समर्थन गर्ने प्रतिगमनकारी निर्णय गरेको छ । नेपाली का“ग्रेस समाजवाद र प्रजातन्त्रवादबाट विमुख र विचलित हु“दै गएको छ ।
पुष्पलालको नया“ जनवादी क्रान्ति चाहीं कस्तो अवस्थामा छ ?
हेर्नुस्, पुष्पलालले जुन जनवादी क्रान्तिको ल्याउनुभयो, माओको विचारधाराको आधारमा, यो हाम्रो रणनीति हो । यसको लागि लामो संघर्ष गर्नुछ । जस्तै अहिले नेकपाले पुष्पलाललाई मान्छन् तर, पुष्पलालले देखाएको बाटोबाट विचलन भईसकेका छन् । स्थापनाकालदेखि पुष्पलालको जुन नया“ जनवादी क्रान्तीको विचार छ, यसलाई नेकपा मसालले पनि जोड दिएका छौं, यसको लागि वस्तुगत आधार तयार पार्ने, त्यस्तो आन्दोलन अगाडि बढाउने तयारीमा हामी लागि परिरहेका छौं ।
वर्तमान सन्दर्भमा, नेपाल कम्युनिष्ट पार्टी मसालको राजनीतिक सिद्धान्त चाहीं के हो ?
यसको खासगरी तीनवटा पक्षलाई बुझ्नु पर्छ । पहिला हाम्रो दिर्घकालीन कार्यक्रम साम्यवाद हो, सबै एकै चोटी परिवर्तन हुन सक्दैन । परिस्थिती अनुसार परिवर्तन गर्दै लानुपर्छ । त्यसपछि समाजवाद एउटा उच्च चरणमा विकास हुन्छ, र मानिसलाई आवश्यक पर्ने सबै उत्पादन हुन थाल्छ र शोषित वर्गहरु रह“दैनन्, समाजको उच्च विकासपछि मात्रै साम्यवादको अवस्था रहन्छ । यसर्थ, पहिला समाजवाद ल्याउनुपर्छ । युरोपेली र अमेरिकी मुलुकहरुमा समाजवाद ल्याउन सकिन्छ, तर हाम्रो देश समाजवाद ल्याउने स्थितिमा छैन । नेपाल कृषिप्रधान देश हो, यहा“ उद्योगहरु पिछडिएका छन्, छरिएर रहेका कृर्षि उत्पादनहरुलाई सामाजिकरण गर्न सक्दैनौं, हामी समाजवादभन्दा पनि पहिलेकै अवस्थामा छौं । यसर्थ, यो अवस्थामा हामी नया“ जनवादी क्रान्तिलाई पार्टीले २ भागमा बा“डेको छ, एउटा रणनीति र अर्को कार्यनीति । सशस्त्र संघर्षबिना नया“ जनवाद ल्याउन सकिदैन, तर मनोगत भावनाले मात्रै यो हु“दैन, वस्तुस्थिति त्याग्नुपर्छ । अहिलेको अवस्थामा सशस्त्र संघर्ष होइन, शान्तिपूर्ण आन्दोलनको बाटो नै प्रधान हो ।
यहा“ले पुष्पलालस“गको सहकार्य कहिलेबाट सुरु गर्नुभयो ? जस्तो, २००८ सालमा डा. केआईसिंह काण्डमा सिंहदरबार नै कब्जा हुने खालको ईतिहास भयो । यसलाई फर्केर हेर्दा के भन्नुहुन्छ ?


त्यसबेला म भेट्न गएको थिएं, पुष्पलालहरु गाडीमा जांदै हुनुहुन्थ्यो, उहा“ले पनि मलाई चिनेको हुनाले बोलाउनुभयो, त्यसबेला पुष्पलालस“ग पहिलोपटक परिचय भयो । म २०१० सालमा कम्युनिष्ट पार्टीमा प्रवेश भएं र कयौं पटक प्रशिक्षण लिन म काठमाडौं आए“ । राष्ट्रियरुपमा चिनापरिचय बढ्दै गयो, पुष्पलालले पनि कयौं पटक मलाई प्रशिक्षण दिनुभएको छ ।
२०२४ सालपछि चाहीं राष्ट्रियरुपमा सहकार्य बढ्यो, राजतन्त्र र राजावादी विरुद्ध लामो संघर्ष गर्नुप¥यो । त्यो संघर्षमा पुष्पलालस“ग हामी धेरै नजिक भयौं, संविधानसभाको कुरामा जाऔं, द्धितिय महाधिवेशनसम्म कुनै मतभेद थिएन, संविधानको विषयमा सबै एकमत थियो । तर पछि राजाले संविधानसभालाई मतभेद गर्न थालेपछि जस्तो टंक प्रसाद आचार्यले संविधानसभाको परित्याग गरे, पछि विपीले पनि परित्याग गरे, राजाको असर बढ्दै गयो र डा. केशरजंग रायमाझीले संविधानसभा छाड्नुभयो र उनीहरुले संविधानसभाको विरोध गर्न थाले । हामी भने संविधानसभा कायम राख्नुपर्छ भन्नेमा गयौं र पुष्पलाल, शम्भुराम, हिक्मतसिंह भण्डारीहरु निरन्तर गणतन्त्र र संविधानसभाको पक्षमा संघर्ष गर्दै गयौं, जसले गर्दा पनि पुष्पलालस“गको घनिष्ठता बढ्यो । हामीले २०१७ साल महाधिवेशन गर्ने भनेका थियौं तर फागुनमा त्यो राजाको काण्ड भयो जसले गर्दा महाधिवेशन हुन सकेन ।
दरभंगामा जांदा हामीहरु पुष्पलालस“ग अलग हुनुप¥यो । किनभने संविधानसभाको नारा जुन थियो, यसको नेता नै पुष्पलाल हुनुहन्थ्यो, तर उहा“ले का“ग्रेस लगायतस“ग संयुक्त भएर जानुपर्छ, एकता गरेर जानुपर्छ भनेर भन्नुभयो तर हामीले त्यो मानेनौं र दरभंगामा गएर गम्भिर मतभेद भयो । रायमाझीको विरोध गुर्नपर्छ भन्नेमा हामी एकमत थियौं र तर दिल्लीमा गएर फेरी हाम्रो एकता भयो । तेस्रो महाधिवेशनमा एकअर्कालाई सहयोग गर्ने र रायमाझीहरुलाई कारबाही गर्ने हाम्रो योजना थियो तर, म त्यही बेला ९ वर्ष जेल जानुप¥यो, त्यसकारण त्यस महाधिवेशनको मञ्चमा म उपस्थित हुन सकि“न । जेलबाट छुटेपछि, ६, ७ वटा टुक्रामा फुटेका पार्टीहरु एक गराउने प्रयास पनि ग¥यौं, तर मिलाउने क्रममा के भयो भने जस्तो मनमोहनहरु, सम्भुरामहरु, भरतमोहनहरु, कमल कोइरालाहरु, भक्तबहादुरहरु यसैगरी चित्रबहादुर केसीहरु हामी एक भयौं । तर पुष्पलालस“ग हामी एक हुन सकेनौं । त्यसबेला पुष्पलालले के भन्नुभयो भने, यो बाहिरबाट आएका सबैस“ग एक हुन सकि“दैन, जो चाहीं मेरो नेतृत्वको २०२५ सालमा तेस्रो सम्मेलनबाट आएका छन्, त्यसैमा सबै सामेल हुनुपर्छ र एकता हुने पक्षमा म छैन भनेपछि हाम्रो एकता हुन सकेन । त्यतिबेला पुष्पलालले सहमति जनाउनुभएको भए, आज हामी एउटै पार्टीमा हुन्थ्यौं, नेपालको कम्युनिष्ट पार्टी अर्कै बाटोमा जान्थ्यो र आज इतिहास पनि अर्कै हुन सक्थ्यो । तर त्यो भएन ।


पुष्पलाल कति सफल ? कति असफल ? पुष्पलालको यस्तै अन्य कमीकमजोरी के के थिए ? आजको दिनमा कसरी केलाउनुहुन्छ ?
यहा“ उहा“स“ग भएका अर्को गम्भिर मतभेदका विषयमा चर्चा गर्नु महत्वपूर्ण हुन्छ भन्ने लाग्छ । त्यो मतभेद नेपाली का“ग्रेसस“ग सम्बन्धित छ । माओ विचारधाराले के भन्छ भने राष्ट्रिय पू“जीपतिवर्ग हाम्रो मित्र शक्ति हो, जसलाई हाम्रो पार्टीले स्वीकार गरेको छ । २०२६ सालमा हामी काठमाडौंको भद्रगोल जेलमा थियौं, त्यो बेला पनि हामीले धेरै छलफल गरेका थियौं । १ महिनासम्म गरेको निरन्तर छलफलबाट नेपाली का“ग्रेसका पहिलाका धारणाहरु सही छैनन् भन्ने विश्लेषण गरेको थियो । नेपाली का“ग्रेसलाई राष्ट्रिय पू“जीवादी भन्ने धारणा सही छैन भन्यौं र राजा दलाल, नोकरशाह, पू“जीवादीको दुश्मन शक्ति भनिरहेका बेला नेपाली का“ग्रेस पनि त्यही हो, सामन्त र नोकरशाही, दलाल पार्टी हो राष्ट्रिय पू“जीवादी पार्टी होईन र यो दुश्मन शक्ति हो । यो मित्रशक्ति होईन भन्ने निष्कर्शमा पुग्यौं । नेपाल कम्युनिष्ट पार्टीमा पनि रायमाझी, पुष्पलालले नेपाली का“ग्रेसलाई मित्रशक्ति मान्ने धारणा राखिरहेका थिए। जेलबाट छुटेपछि पुष्पलालस“ग एकीकरण गर्न पनि बाधा पुग्यो । किनभने हामीले नेपाली का“ग्रेसलाई मित्रशक्ति मान्न सकेनौं । जसकारण पुष्पलाललाई गद्दार भन्नुप¥यो । मैले एउटा गद्दार पुष्पलाल भन्ने पुस्तक पनि लेखें ।
फर्केर हेर्दा, तत्कालीन समयमा विपी बढी गद्दार की ? पुष्पलाल ? के भन्नुहुन्छ ?
सम्पूर्ण किताबमा गद्दार भनेर कहीं उल्लेख गरिएको छैन, कितावको नाममा मात्रै छ । पछि हाम्रो र पुष्पलालको बेग्लै पार्टी भयो, पछि उहा“को निधन भयो, पछि ५, ७ वर्षपछि हाम्रो सम्मेलन भयो, पुष्पलाल गद्दार होइन भन्ने विश्लेषण ग¥यौं । नेपाली का“ग्रेसप्रति उहा“ले जुन धाराणा राख्नुभयो त्यो का“ग्रेसपरस्त छ, त्यो धारणा अझै पनि हाम्रो उस्तै छ । राजनीतिक विचारधारमा मतभेद रहेपनि नेपाल कम्युनिष्ट पार्टीमा उहा“को योगदान महत्वपूर्ण रह्यो, जीवनको अन्तसम्म उहा“ कम्युनिष्ट पार्टीको लागि संघर्ष गरिरहनुभयो । अर्को पक्ष विपीले मेलमिलापको नीति लिएर राजतन्त्रस“ग सम्झौता गरे । तर पुष्पलालले राजतन्त्र, पञ्चायत र राणाशासनविरुद्ध निरन्तर संघर्ष गरिरहनुभयो, त्यस्तो अवस्थामा उहा“लाई गद्दार भन्नु गलत हो भनेर हामीले फिर्ता लियौं र मेरो किताब जो पहिले निस्केको थियो, त्यो किताबको शिर्षक बदलेर गद्दार पुष्पलाल भन्ने ठाउ“मा मैले क्रान्ति वा भ्रान्ति ? भन्ने शिर्षकमा त्यसलाई प्रकाशित गरे । शायद, म जेलमा नपरेको भए, हाम्रो एकता र संघर्षले अर्को रुप लिन्थ्यो होला, महाधिवेशनको सिलशिलामा हामी नया“ सहकार्यमा हुन्थ्यौं होला ।

यहा“हरुले माफी माग्नुभयो…?
हामीले पुष्पलालाई गद्दार भनेको धेरै ठाउंमा चर्चा भइरहन्छ । हामीले त्यो पुस्तकमा पुष्पलालाई एउट किताबभरी एउटा शब्द राखेका हौं । तर कोअर्डीनेशन केन्द्रका कोही माले भए, कोही एमाले भए, कोही अहिले नेकपामा पुगेका छन्, उनीहरुले सयौं ठाउ“मा पुष्पलालाई गद्दार भनेका छन्, मालेको समयमा एउटा मुखपत्र निस्कन्थ्यो, वर्गसंघर्ष भन्ने । त्यो वर्गसंघर्षमा पुष्पलालाई सयौं ठाउ“मा पुष्पलालाई गद्दार भनेका छन्, मनमोहनलाई गद्दार भनेका छन्, मलाई गद्दार भनेका छन् । हामीले त, आत्मआलोचना ग¥यौं, सच्यायौं, उनीहरुले त अहिलेसम्म आत्मआलोचना समेत गरेका छैनन् । तर उनीहरुले गद्दार भनेको कुरामा कहीं, कसैले प्रश्न उठाउ“दैनन् । मैले लेखेको ठाउ“मा प्रश्न गरे । तर मालेका साथीहरुले लेखेको ठाउ“मा कहिल्यै प्रश्न उठाउ“दैनन् । पुष्पलालको नीति छोडे, कार्यक्रम पनि छोडे । तर पुष्पलाल मान्छन् र पनि पुष्पलाललाई गद्दार भनेका हौं भनेर स्वीकार पनि गर्दैनन् । यसो हु“दा नेपाली राजनीतिको सही मूल्यांकन हुन सक्दैन ।
अब, नेपाली का“ग्रेसमा तीन जना व्यक्तिको महत्वपूर्ण भूमिका छ । एउटा विपीको, जसको राणाशासनविरुद्ध, दोस्रो, गणेशमान सिंह, जसको पञ्चायत शासनविरुद्ध लड्न महत्वपूर्ण भूमिका रह्यो र तेस्रो गिरिजाप्रसाद कोइराला जसले प्रतिगमनविरुद्धको संघर्षमा ऐतिहासिक भूमिका रहेको छ । यी तिनै नेताप्रति सम्मान प्रकट गर्छु । तर, नेपाली का“ग्रेसको ठूलो पंक्ति अहिले राजतन्त्रको पुनस्थापनातर्फ गईरहेको छ । धर्मनिरपेक्षको ठाउ“मा हिन्दु राष्ट्रतिर गइरहेका छन्, राजापरस्त जुन सोचाई हो, त्यसलाई सही साबित गर्न विपीको कुरा ल्याउंछन् । विपीले राष्ट्रिय मेलमिलापको कुरा गरेका छन्, त्यो राजापरस्त छ भन्नु गलत व्याख्या हो । किनकी, विपीले आफ्नो स्थितीमा गणतन्त्रको कुरा उठाउने स्थिति थिएन । तर जीवनभर त उनले निरंकुश र तानाशाहीविरुद्ध संघर्ष गरेका थिएन नि । जब हामीले वैज्ञानिक प्रजातन्त्र ल्याएपछि पनि राजाले फेरी–फेरी निरंकुश शासन कायम गरे । तर त्यो पृष्ठभूमिमा नै नेपाली का“ग्रेसले गणतन्त्र ल्याएका हुन्, वैज्ञानिक राजतन्त्र र संविधानसभा नभइकन हुंदैनरैछ भन्ने निष्कर्श गिरिजाले ल्याउनुभयो । विपी जिवीत भएको भए यही पथामा जान्थे, उनी क्रान्तिकारी विचारधाराका थिए ।
नेपाली का“ग्रेससित नै हाम्रो मतभेद छ, हामीले त्यसको आलोचना गरेका छौं । भारतको त्यसबेलाको उपप्रधानमन्त्री तथा गृहमन्त्रीले के भनेका थिए भने, नेपाललाई निजामको हैजावाद जस्तै भारतमा मिलाइदिनुपर्छ । भारतीय जनता पार्टी अहिले पनि सरकार परवर्तन गर्ने नीतिलाई अनुकरण गरिराछ, नेपाललाई भारतमा गाभ्न योजनाबद्ध तरिकाले काम गरिराछ । कहिले तराईलाई टुक्र्याउने, त्यसलाई अलग गराउने, आज मोदी त्यही निष्ठामा अघि गइराछ । त्यै भएर विपीले नेपाली का“ग्रेस सुरु गर्ने बेला नेपाल कृत्रिम किसिमले भारतबाट अलग छ, किन अंग्रेजले अलग गर्देको ? उनको सोचाई मूलरुपमा नेपाललाई भारतस“ग मिलाउने थियो, त्यो बिन्दुबाट विपीको राजनीति सुरु भएकोले यो विषयलाई हामीले गलत भनेका हौं । तर त्यसो भनेर हामीले पछिसम्म उहा“को त्यही प्रकारको भूमिका रह्यो भनेर आक्षेप लगाउन मिल्दैन । जस्तो हामी देख्छौं, भारतमा जो भारतीय का“ग्रेसको स्थापना भयो, त्यो बेला भारतीय का“ग्रेस अंग्रेजले नै बनाएको हो, अंग्रेजी शासनलाई मजबुत बनाउनको लागि र अंग्रेजीविरुद्धको आन्दोलन जो चर्किरहेको थियो, त्यसलाई कमजोर एवम् साम्य बनाउनका लागि उसले चाहीं त्यो भारतीय का“ग्रेस बनायो । तर पछि त का“ग्रेस त्यो रुपमा गएन, का“ग्रेसका विरुद्ध संघर्ष गर्ने एउटा शक्ति बनेर आयो ।


पछि विपीले पनि राष्ट्रहितको पक्षको दबाबमा संघर्ष गर्ने नीतिहरु अपनाए । एक हिसाबले विपीले जुन राष्ट्रिय मेलमिलापको नीतिहरु अपनाए, त्यो बाध्यता पनि थियो । किनकि भारत सरकारले उनीहरुलाई दबाब दिन थाले । यसकारण अस्तित्व रक्षाका लागि भारतमा बसेर आएको संघर्षहरु सबै नष्ट भएर आए, र राजास“ग मिल्न आए । गल्ति हो त्यो । तर कुनै बेलाको बाध्यता पनि थियो त्यो । तर त्यसैलाई आधार बनाएर कसैले राजालाई ल्याउन खोज्छ भने त्यसलाई हामी मान्दैनौं । अर्को कुरा हामीले विपीको अर्को दुईटा कुरामा आलोचना ग¥यौं, नेपाल र भारतलाई मिलाउने कुरा, अर्को उनको मेलमिलाप नीतिको पनि आलोचना ग¥यौं, अर्को पार्टीको पुरानो नीति जो मनमोहन, पुष्पलालको नेपाली का“ग्रेसलाई मित्रशक्ति भन्नेको आलोचना ग¥यौं । त्यो दुश्मन शक्ति हो ।
जसरी पुष्पलाललाई हामीले गद्दार भन्यौं, तर तथ्य महसुस गरेपछि हामीले आज पुष्पलाललाई कामरेड पनि भन्छौं । पहिला निर्मल लामाले पुष्पलाललाई कामरेड भन्दा हामीले विरोध ग¥यौं । किनकी त्यो बेला गद्दार भनेको व्यक्तिलाई कामरेड भन्नु गद्दारी थियो । तर आज हामीले गद्दार फिर्ता लिइसकेका छौं । त्यस्तै पहिले हामीले नेपाली का“ग्रेसलाई राजासरह बराबर दुश्मन भन्यौं, यसमा हाम्रा कति कामरेडहरुको हत्या गरे । तर हामीले कुनै पूर्वाग्रह लिएनौं । राजा र का“ग्रेस समान दुश्मन भने पनि हामीले के विश्लेषण ग¥यौं भने सत्तामा भएको राजाले तानाशाही र निरंकुश शासन गरिरहेको र नेपाली का“ग्रेस त्यसविरुद्ध लडिरहेको छ र यी दुवैलाई एकै श्रेणीमा राख्न हु“दैन भनेर । अनि हामीले नेपाली का“ग्रेसस“ग मिलेर राजाविरुद्धको लडाईंमा लड्यौं । यसकारण २०४६ सालमा हामीले एकता गर्ने नीति अपनायौं, यसैगरी २०६२÷६३ मा पनि यही नीति अपनायौं । यसरी हामीले कुनै शक्तिहरुलाई पूर्वाग्राही होइन, वस्तुगत भएर राजनीतिक विश्लेषण ग¥यौं ।
पुष्पलालस“गको सहकार्यमा कुनै प्रश्नै थिएन, तर तत्समयमा पुष्पलाल नेपाली का“ग्रेस परस्त नभएको भए उहा“लाई गद्दारको ट्याग् लाग्ने थिएन ? यसमा के भन्नुहुन्छ ?
हामीले समग्र राजनीतीको विश्लेषण गर्नुपर्छ । का“ग्रेसलाई दुश्मन शक्ति मानिरहेका थियौं । तर का“ग्रेसस“ग सहकार्य गरेकै भरमा उहा“लाई गद्दार मान्नु हाम्रो गल्ती भयो । तर मनमोहन, पुष्पलाल र मलाई पनि गद्दार भने, तर यस विषयमा अझै पनि यो देशमा चर्चा उठाइएको छैन ।
अहिले तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्र एकीकृृत भएको बलियो शक्तिको रुपमा नेकपा छ । तर यहा“ले नै भन्नु भईराछ कि, पुष्पलालको नीति कम्युनिष्टहरुले र विपीको नीति नेपाली का“ग्रेसले छोडिसके, अबको दिनमा नेपाल कम्युनिष्ट पार्टीहरुले कुन विचारमा अघि बढ्नुपर्छ ?
अहिलेको जुन नेकपा बनेको छ, यसलाई हामी कम्युनिष्ट पार्टी मान्दैनौं । कम्युनिष्ट पार्टीको सिद्धान्तबाट उनीहरु विचलन भएका छन् । तीन रुपमा पहिलोरुपमा त माक्र्सवादको जुन लेनिनवादी सिद्धान्त छन्, माओको विचार पनि छाडेका छन्, नया“ जनवादी क्रान्तिको विचार पनि छाडेका छन् । राजनीति लाइनमा पनि उनीहरु कयौं पटक सम्झौताका नीतिहरु अपनाएका छन्, यहा“सम्म कि, भारतलाई उनीहरु विस्तारवाद भन्थ,े पछि यो पनि भन्न छाडे । धेरै टाढाको कुरा भयो कि, आज अब भारत समाजवादको अवस्थामा पुगेको छ, त्यो अब उनले स्वीकार गर्ने कुरा त बेग्लै भयो । यसकारण हामी कम्युनिष्ट पार्टी मान्दैनौं । त, अर्को कुरा के छ भने, हामी उसलाई प्रतिक्रियावादी पनि माग्दैनौं, दुश्मनशक्ति पनि मान्दैनौं । जस्तो कि नेपाली का“ग्रेसलाई हामी दुश्मनशक्ति मानेका थियौं, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेशवादीहरुलाई दुश्मनशक्ति भन्छौं, त्यसरुपमा हामी नेकपालाई दुश्मन शक्ति भन्दैनौं ।
अझै त त्यस्तो भाछैन, यो बामपन्थी मित्रशक्ति हो । तर कस्तो मित्रशक्ति त, अत्यन्त ढुलमुल, अवसरवादी, संशोधनवादी र संसदपरस्त । सैद्धान्तिकरुपमा जे सुकै भएपनि । अर्को कुरा के हो भने कम्युनिष्ट पार्टीको जुन संसद प्रणाली हुन्छ, कम्युनिष्ट पार्टीको क, ख, ग पढ्नेलाई पनि थाहा छ, का“ग्रेसको भन्दा हाम्रो प्रणाली बेग्लै छ । का“ग्रेसले संसदीय व्यवस्थालाई प्रजातन्त्रिक पद्दति भन्छ, हामी मान्दैनौं । हामी जनवादी केन्द्रियतामाथि विश्वास गर्छौं । नेकपाले छाडिसकेको थियो । नेकपाको संसदीय प्रणाली पनि अहिले का“ग्रेसको जस्तो भएको छ, भित्र पनि झगडा गर्छन्, बाहिर पनि खुला रुपमा झगडा गर्छन् । त्यसको नीति र कार्यक्रमको प्रस्तावनामा जानुहुन्छ भने जनवाद त उनीहरुले छोडिसके, समाजवादको कुरा पनि कार्यन्वयनमा छैन । समाजवाद उन्मुख भन्छन तर, विदेशी पू“जीवादीहरुस“ग सम्झौता गर्ने नीतिहरु ऋपनाउंछन्, यहा“का सामन्त, दलालहरुस“ग सम्झौता गर्छन्, किसानहरुलाई हदभन्दा बढी जमिनहरु अपहरण गरेर किसानलाई बा“ध्ने काम गर्छन् । समग्ररुपमा हेर्नुहुन्छ भने उनीहरुको यो कार्यक्रम समाजवादतर्फ उन्मुख छैन, उ त के छ भने पू“जीवादी प्रकारको, यथास्थितीवादी प्रकारको छ, यसकारण यो कम्युनिष्ट पार्टी नै होईन । त्यैपनि हामी के भन्छँैं भने देशभक्त बामपन्थी शक्तिहरु त्यसलाई हामीले गणतन्त्रको पक्षमा छन्, दृढतापूर्वक उभिएका छन्, धर्मनिरपेक्षताको पक्षमा दृढतापूर्वक उभिएका छन् । र राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिएका छन् । उनीहरु कयौं पटक ढुलमुल नीति अपनाउंछन् । त्यो विषयमा भनौं, महाकाली सन्धीमा उनीहरु सम्झौता गर्न पुगे, ठीक यस्तै भनौं एमसीसीको विषयमा पास गर्न ओलीले पुरा शक्ति लगाए । नेपालका सबै बामपन्थी शक्तिहरुले त्यसको विरोध गरे, देशभक्त पत्रपत्रिका, सञ्चार माध्यमहरुले त्यसको समर्थन गरे, सम्पूर्ण देशभक्तहरु राष्ट्रवादी हुन् केपी ओलीलाई हामी भन्दैनौं । त्यैपनि कयौंपल्ट उनले राष्ट्रियताको पक्षमा अडान लिएका छन् । जस्तो तराईको विखण्डन गर्ने पक्षमा, संविधान संशोधन गर्ने पक्षमा, उनीमाथि धेरै दबाब आयो, मधेशवादी दलको दबाब आयो तर त्यसमा उनी सहमत भएनन्, यसलाई हामी समर्थन गर्छौ । लिम्पियाधुराको, नक्साको सन्दर्भमा जुन अडान लिए, त्यसलाई हामी समर्थन गरेका छौं । तर त्यो समर्थनमा हामीले उनलाई मात्रै समर्थन गरेका छैनौं, का“ग्रेसलाई समर्थन गरेका छौं, मधेशवादीलाई समर्थन गरेका छौं, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समर्थन गरेका छौं्, किनकी, त्यस पक्षमा सबै एकजुट भए ।


हाम्रो भनाई के छ भने, राष्ट्रियताको पक्षमा प्रजातान्त्रिक शक्तिहरु पनि सबै एकै ठाउंमा आउनुपर्छ । चाहे मधेसवादी होस्, चाहे नेपाली का“ग्रेस, जस्तो मैले एक पटक राजाको पक्षमा कुरा गर्छु, कोदारी राजमार्ग बनाउनु पर्छ भनेर राजाले जुन अडान लिए, नेपाली का“ग्रेसले धुमाधाम विरोध ग¥यो, भारतले विरोध ग¥यो, भारतको पक्ष लिएर उसले विरोध ग¥यो । तर हामीले भन्यौं होईन,.राजास“ग हाम्रो विरोध छ, राजतन्त्र खत्तम गर्नुछ, पञ्चायत खत्तम गर्नुछ तर, उनले यो जुन काम गरेका छन्, यसको विषयमा कोदारी राजमार्गको हामी पूर्ण समर्थन गर्छौ । त्यसकारणले अहिले पनि जुन, लिम्पियाधुरा, नकसा सार्वजनिक गर्ने विषयमा जुन एकताबद्ध देखा प¥याछ, त्यसको लागि हामीले सबैलाई स्वागत गरेका छौं, सबैलाई धन्यवाद दिएका छौं ।
हाम्रो जोड यही कुरामा छ, यो एकता निर्माण नेतृत्वमा हुनुपर्छ । तराईको विखण्डन विरुद्धको पक्षमा, राष्ट्रियताको पक्षमा, नागरिकताको पक्षमा, भारतीय हस्तक्षेपका विरुद्धमा हामी एकताबद्ध हुनुपर्छ, अर्को जहा“सम्म यहा“ कम्युनिष्ट आन्दोलनको कुरा छ, यो ठीक छ । हामीले उनीहरुस“ग पार्टी एकता गर्ने कुरा पनि आउंदैन । त्यै पनि हामी के कुरामा जोड दिन्छौं भने बामपन्थी शक्तिहरु, उनीहरुस“ग चाहीं सहमति भएका विषयमा उनीहरुको सरकारलाई पनि हामी समर्थन गरेका छौं । तर समर्थन गर्ने बेलामा उनीहरुको ढुलमुल, अवसरवादी र संसद पक्षको लडाईको विरोध गरेका छौं । त्यसको हामीले संसद बाहिर वा भित्र हामीले लगातार विरोध गर्दै आएका छौं, संघर्ष गर्दै आएका छौं ।


अब अर्को एकताको पक्षको कुरा गर्नुहुन्छ भने, आवश्यक प¥यो भने हामी नेपाली का“ग्रेसस“ग पनि एकता गर्छौं, कार्यनीतिको पक्षहरुमा, तात्कालिक पक्षहरुमा मधेशवादीहरुस“ग गर्छौं, कतिबेला राष्ट्रिय प्रजातान्त्रिक पार्टीस“ग गर्छौ, महाकाली सन्धिको सम्झौता हु“दा राष्ट्रिय प्रजातान्त्रिक पार्टीस“ग मिलेर पनि संघर्ष गरेका थियौं । जब गणेशमानको नेतृत्व चल्यो २०४६ सालमा, नेपाली का“ग्रेसस“ग हामीले सहकार्य ग¥यौं, २०६२÷६३ मा मधेशवादीहरुस“ग हामीले सहकार्य ग¥यौं । त्यसैले आवश्यकताको आधारमा दुश्मनस“ग पनि सहकार्य गर्नुपर्ने हुन्छ, आधार के हुन्छ भने, कति समर्थन गर्ने ? र कति विरोध गर्ने भन्ने नीति मुख्य हुन्छ । जब गलत नीति आउंछ त्यसको हामी विरोध गछौं, सही नीतिको समर्थन गर्छौ । जस्तो एमसीसीको कुरा आउंदा हामीले देशव्यापीरुपमा विरोध ग¥यौं ।
यो अवस्थामा नेपालको कम्युनिष्ट पार्टीको भविष्य कस्तो देख्नुहुन्छ ?
सारा संसारले भनिराको छ, साम्राज्यवादी देशहरुले भनिराको छन्, कम्युनिष्ट पार्टीको अब कुनै भविष्य छैन भन्ने कुरा । तर, यो हामी मान्दैनौं, कम्युनिष्ट पार्टीको उज्जवल भविष्य छ, अहिले जुन यो गि¥या हो, यो कमजोर अवस्थामा छ, अत्यन्त रक्षात्मक अवस्थामा छ, यो अस्थायी अवस्था हो । मूलरुपमा कम्युनिष्ट आन्दोलनको मात्रै होईन, कुनै बेला देशमा सामन्तवाद थियो, दास थियो, आफ्नो समयमा दास युग अत्यन्त शक्तिशाली थियो । आफ्नो देशमा संसारभरीमा राजतन्त्र, सामन्तवादी व्यवस्था थियो । तर त्यस्तो शक्तिलाई आन्दोलनले समाप्त पा¥यो, त्यो समयमा । त, आन्दोलन पैदा गर्नेमा मुख्य भूमिका कसको रहेको छ, समाजमा उत्पादित शक्तिहरु को छ, भौतिक परिस्थतीहरुको । भौतिक परिस्थतिको आधारले गर्दा राजतन्त्र टिक्न सकेन, ठूल–ठूला चीनको साम्राज्यहरु, ब्रिटिश साम्राज्य टिक्न सकेन । तयसकारण पू“जीवाद मान्छेहरुले बाहिरबाट देख्छन् । के देख्छन्, भने विश्वमा समाजवादी व्यवस्था खत्तम भयो, चीनमा पू“जीवाद आयो, यी सबै लेख्छन्, र कयौं कम्युनिष्टहरु धरासायी भएको उनीहरुले देख्छन्, त्यस्तो धरासायीहरु जस्तो भनौं न, बेलायतमा निरंकुश शासनको विरुद्धको संघर्षमा हामीले देख्या छौं नि, त्यहा“ चाही कयौं पटक धरासायी भएका थियो, खत्तम भएको थियो । फ्रान्समा चाही हेर्नुस् त, राजतन्त्र विरुद्धको संघर्षमा कयौं पटक धरासायी भएको थियो, तर त्यो चाहीं फेरी उठ्यो, त्यहा“ गणतन्त्र कायम भयो ।


ठीक यसैगरी, अहिलेको जो अवस्था हो, यो अवस्था हो, यो अस्थायी अवस्था हो । मूलरुपमा यो भौतिक उपस्थिति भनेको एउटा के हो भने, कम्युनिष्ट पार्टी, विश्व साम्राज्यवादी खत्तम भएको देश र अर्को पक्ष उनीहरुले देखिरहेका छैनन् । यो पू“जीवादी र साम्रज्यवादीहरुको विश्ववयापीरुपमा संकट आएको छ, यो पक्ष छ । बारम्बार हामी कति पढिरहेका छौं, बारम्बार संकट आइरहेको छ, हामीले त्यो देखिरहेका छौं ।
अर्को पक्ष के भने, हामीहरुको ऐतिहासिक भौतिकवादीले माक्र्सवादी दर्शनलाई के भन्छ भने, उत्पादन शक्तिको स्वरुपले नै समाजको संरचनाको निर्धारण गर्छ । उत्पादन शक्तिहरु सामाजिक बन्दै गइरहेका छन् । पुँजीवादको जति जति विकास हुंदै गईरहेको छ, उत्पादन शक्तिहरुका सामाजिक हुंदै गईरहेको छ, सामाजिकीकरण हुदै गईहरेको छ । तर, उत्पादित शक्तिको संरचना सामाजिक छ, तर स्वामितव चाहीं व्यक्ति प्रकारको छ । यो पूजीवादतिरको संगतको सबैभन्दा ठूलो कारण थियो । त्यसकारण यसलाई खत्तम पार्न के चाहिन्छ भने, उत्पादन शक्तिहरु माथि नै, उद्योग, धन्दा, कलकारखाना माथि नै सामाजिक स्वामितव चाहिन्छ, यो भनेको समाजवाद हो । त्यसकारण यो भौतिक पक्षले नै, जसरी दास युगलाई समाप्त पा¥यो, सामन्तवादलाई समाप्त पा¥योे, राजतन्त्रलाई समाप्त पा¥यो, त्यही भौतिक संरचनाले पनि पू“जीवादलाई समाप्त गर्छ भन्नेमा निश्चिन्त छ, यसकारण विश्वव्यापरिुपमा समाजवादको भविष्य एकदम उज्जवल छ भन्नेमा एकदम विश्वास छ ।

(एबीसी न्युज टेलिभिजनको साउन ६ देखि ८ गतेसम्मको नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा बीपी र पुष्पलालको योगदान विषयक विेशेष कार्यक्रम श्रृंखला अन्तर्गत सपना थामी र ध्रुव अधिकारीले लिएको अन्तर्वार्ता एबीसी न्युज नेपालको युट्व च्यानलमा पनि हेर्न सकिन्छ । )

४२ औं पुष्पलाल स्मृति दिवस र ३८ औं विपी स्मृति दिवसको उपलक्ष्यमा नेपाली राजनीतिको तात्कालीन अवस्था, शक्ति समीकरण एवम् संघर्ष र वर्तमान अवस्थामा देशको राजनीतिक अवस्था लगायत आगामी राजनीतिक मार्गनिर्देशक सिद्धान्तका विषयमा नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहस“ग गरिएको विशेष कुराकानी ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board