चीनको योजना २०२० सम्ममा एक समृद्ध समाजको निर्माण २०३५ सम्ममा आधारभुतरुपले समाजवादी आधुनिकीकरण हो

भियतनाम कम्युनिष्ट पार्टीका महासचिव गुएन फु ट्रोङ्ग तथा भियतनामका राष्ट्रपति ट्रान दाई कुवाङ्गको निमन्त्रणमा मैले समाजवादी गणतन्त्र भियतनामको राजकीय भ्रमण गर्नेछु । सन् २०१५ को अन्तमा भएको मेरो भियतनाम भ्रमणपछि यो सुन्दर देशमा फर्किनै लाग्दा मेरो अन्तरआत्मामा आनन्दको अनुभव भएको छ । चिन र भियतनाम पर्वत र नदीहरुले जोडेका घनिष्ठ छिमेकीहरु हुन् । प्राचिनकाल देखि नै हाम्रा जनताहरु आदानप्रदान र आपसी सिकाइमा संलग्नछन् ।

आधुनिक समयमा स्वाधिनता र मुक्तिको संघर्षमा हाम्रा जनताहरुले काँधमा काँध मिलाएर लडेका छन् र बिशिष्ठ कमरेडी तथा भाइचारा सम्बन्ध निर्माण गरेका छन् । अध्यक्ष हो चि मिन्हले क्रान्तिकारी क्रियाकलापमा १२ बर्ष लामो समय चिनमा बिताउनु भयो । उहाँ अध्यक्ष माओ जे दोङ्ग, प्रधानमन्त्री चाउ एनलाई तथा चिनिया नेताहरुका लागि आफ्नो सहोदर भाइ जस्तै हुनुहुन्थ्यो । जनरल गुएनले चिनिया क्रान्तिमा आफूलाई समर्पित गराउनु भयो र चिनिया लालसेना संगै लामो मार्चपासमा सहभागी हुनु भयो । उहाँ नयाँ चीनमा नियुक्त हुने बिदेशी सैनिक अधिकारी हुनुहुन्थ्यो भने बिरलै हुने दुई देशको जनरल बन्न पुग्नु भयो । चिनिया जनताहरुले पनि भियतनामको राष्ट्रिय मुक्तिका लागि निस्वार्थ सहयोग प्रदान गरे ।

अध्यक्ष माओले एकपटक भन्नुभयो, ‘७० करोड चिनिया जनताहरु भियतनामी जनताका मजबुत सहयोगीहरु हुन् र बिशाल चिनिया भूमि विश्वासनीय भूमि हो’ । भियतनाममा चिनिया सैन्य सल्लाहकार समुहका पहिलो तोपखाना सम्बन्धि सल्लाहकार डाव जिन्वोले भियतनाममा आफ्नो मिसनका बारेमा थाहा पाएपछि आफ्नी नवजात छोरीको नाम ‘युए हुवा’ राखेका थिए । जस्को अर्थ भियतनाम र चिन भन्ने हुन्छ । हाम्रा दुई पार्टी, देश र जनताहरुका पुरानो पुस्ताको रगतले बनेको मित्रतालाई सदा स्मरण गरिनु पर्दछ र कदर गरिनु पर्दछ ।

नयाँ युगमा, हाम्रा जनताहरुले सुधार र नविकरणको खोजि र समाजवादको विकासका लागि मिलेर काम गरेका छन् । हामीहरुले हाम्रो राष्ट्रियतालाई सुहाउंदो समाजवादी विकासको मार्गको अन्वेषण गरेकाछांै, हाम्रो विकासमा चमत्कारको सृजना गरेका छौं र हाम्रा द्धिपक्ष्ीाय सम्बन्धहरुमा देखिने हिसावले उन्नती प्राप्त गरेकाछौं । दुई देशले अहिले गहिरो राजनैतिक आपसी विश्वास र घनिष्ठ उच्चस्तरीय आदानप्रदानको आनन्द लिन्छौं । यो पटकको मेरो भ्रमणसंगै हाम्रा दुई पार्टी तथा देशहरुका उच्च तहका नेताहरुले तीन वर्षको दौरान एक बर्षमा दुई पटक आपसी भेटघाट गरेका छन् । हाम्रा दुई देशहरुले ब्यवहारिक सम्बन्धलाई प्रगाढ र फराकिलो बनाएका छन् । चीन लगातार १२ बर्षदेखि भियतनामको सबै भन्दा ठूलो ब्यापारिक साझेदार बनेको छ र आसियान मुलुकहरु मध्ये भियतनाम चीनको सबै भन्दा ठूलो ब्यापारिक साझेदार भएको छ । सन् २०१६ मा द्धिपक्षीय ब्यापार १०० बिलियन अमेरिकी डलरको हाराहारी पुगेको छ । धेरै भन्दा धेरै चिनियाँ कम्पनिहरुले भियतनाममा लगानी गरिहेका छन् । उदाहरणका लागि १० बर्षदेखि भियतनाममा टेक्सटायल कम्पनी चलाइरहेको तेक्सोङ्ग टेक्सटाइल ग्रुपले क्वाङ्ग निन्हमा ७००० भन्दा बढी रोजगारी सृजना गरेको छ भने स्थानीय राजश्व संकलनमा उल्लेख्य योगदान गरेको छ । चिनिया निजी लगानीकर्ताहरुले तियन गियनमा स्थापना गरेको लङ्ग जियाङ्ग औद्योगिक पार्कले भियतनाममा ३० भन्दा बढी कम्पनिहरु सञ्चालन गर्दछ ।
दुई देशले जनता जनता बीचको आदान प्रदानलाई ढाएका छन् । चिन भियतनामको सबै भन्दा ठूलो बिदेशी पर्यटकहरुको स्रोत बनेको छ । बिदेशी पर्यटकहरुका लागि दा नाङ्ग र ना त्राङ्ग अत्यन्तै आकर्षक गन्तब्यहरु हुन् । दुई देशका बीच प्रतिहप्ता ३०० भन्दा बढी यात्रुबाहक जहाजका उडानहरु सञ्चालित छन् । भियतनाममा चिनिया साहित्य, ‘द रोमान्स अफ द थ्री किङ्गडम्स, द वाटर मार्जिन र समकालिन चिनिया फिल्म तथा टी.भी सिरिजहरुका धेरै सख्यामा फ्यान÷प्रशंसकहरु छन् । भियतनामी गायक दो थि थान्ह हो ले चाइना केन्द्रीय टेलिभिजनद्धारा एभेन्यु अफ स्टार्समा आयोजित चिनको लोकप्रिय गायन प्रतिस्प्रर्धामा मासिक च्याम्पियनसिपको उपाधि जितेका छन् । अझै महत्वपूर्ण कुरा त दुबै देशले आपसी समझदारी र मित्रवत छलफलबाट दुबै देशको साझा बिकाश र क्षेत्रीय शान्ति र स्थायित्वका लागि बैबु गल्फको सिमालाई उपयुक्त हिसावले मतभेदहरुलाई ब्यवस्थापन गरेका छन् । माथिका उदाहरणहरुले चिन र भियतनाम बीचको उन्नत सम्बन्ध र बृहद् रणनैतिक सहयोगात्मक साझेदारीको राम्रो उदाहरण दिन्छन् ।
आज दुबै देश सम्बन्धित महत्वाकांक्षी लक्षतर्फ अगाडि बड्दै सुधार तथा विकासको नयाँ यात्रा सुरु गरेका छन् । चिनको कम्युनिष्ट पार्टीले गत महिना आफ्नो १९ औ महाधिवेसन सफलतापूर्वक सम्पन्न ग¥यो । जसले पार्टी र देशको भविष्यका लागि समग्र दिशानिर्देश र यो शताव्दीको मध्य र अहिलेको बीचको चिनको विकाशको खाका कोदैै कार्य योजनाको निर्धारण गरेकोे थियो । हाम्रो योजना सन् २०२० सम्ममा सबै हिसावले एक समृद्ध समाजको निर्माण पुरा गर्ने, सन् २०३५ सम्ममा आधारभुतरुपले समाजवादी आधुनिकीकरणको महसुस गर्ने गराउने, र यो शताव्दीको अन्त सम्ममा चिनलाई एक महान् समाजवादी देशका रुपमा विकास गरी समृद्ध, मजबुत, प्रजातान्त्रिक, सांस्कृतिकरुपले समुन्नत, सुमधुर तथा सुन्दर देशकारुपमा बिकास गर्ने रहेको छ । हामीसंग चिनिया जनताको राष्ट्रिय पुननिर्माणको चिनिया सपना पुरा गराउनेतर्फ डोर्याउने आत्म बिश्वास र क्षमता छ । भियतनाम कम्युनिष्ट पार्टीको १२ औं राष्ट्रिय कंग्रेसले तय गरेका मार्ग निर्देशनहरु अनुरुप समृद्ध जनताको प्रारम्भिक लक्ष प्राप्ति र आधुनिकतातर्फ बलियो, प्रजातान्त्रिक, न्यायसंगत, र उन्नत औद्योगिक मुलुकका रुपमा स्थापित गर्न अग्रसर छ । हामिले राष्ट्रिय शक्ति र समृद्धिको सपनाको खोजीमा पहिले भन्दा बढी मिलेर काम गर्न आवश्यक छ । अन्तराष्ट्रिय र क्षेत्रिय अवस्थाहरु बिकसित हुंदै जांदा हाम्रा दुई पार्टी तथा देशहरुले समान र नयाँ समस्या र चुनौतिहरुको सामना गर्नु पर्दछ । चिनमा एउटा भनाई छ , ‘पालिसिङले जेडलाई सुन्दर बनाए जस्तै विपत्तिले मानिसलाई अझ बलियो बनाउंदछ’। भिएतनामी एउटा भनाई छ , ‘छालहरु माथि उठ्ने हुंदा तपाईको बहना तल नराख्नुस’ । असल छिमेकी, मित्र, कमरेड र साझेदारका नाताले हाम्रो भविष्य घनिष्ठरुपले अन्तरसम्बन्धित छ र हाम्रो सम्बन्धलाई अझ माथि उठाउन र बृद्धि गर्न आवश्यक छ, एक अर्काको स्थायित्व, सुधार र जनजीवीकाको लागि सहयोग गर्नु आवश्यक छ र समाजवादका लागि संयुक्तरुपले बिकास गर्नु पर्दछ र क्षेत्रीय शान्ति, स्थायित्व, खुल्लापन र बिकासलाई प्रवद्धन गर्नु पर्दछ ।


याहाँनिर म तलको बिचार तपाईहरुसंग बाँढ्न÷शेयर चाहन्छु ।
हामीले रणनैतिक आपसी विश्वासको सही दिशामा अगाडि बढ्दैे र एक नयाँ उचाई हाँसिल गर्नु आवश्यक छ । हामीले उच्चस्तरीय घनिष्ठ संलग्नता कायम गर्नु आवश्यक छ र दुइै देश तथा पार्टीका बिचको सम्बन्ध तथा चिन–भियतनाम सम्बन्धलाई सही दिशामा अगाडि बढाउनका लागि साझा हितका मुद्धामा समयसापेक्ष बिचारको आदान प्रदान गर्नुपर्ने आवश्यक छ । समाजवादी विकासको अभ्यास र सिद्धान्तहरुको समृद्धि र बिकास तथा रणनैतिक महत्व सहित साझा भविष्यको एक समुदायको निर्माणका लागि हामीले राज्य शासनका अनुभवहरु सक्रियरुपले साझा बनाउनु पर्दछ र अन्तर पार्टी अन्तरक्रियालाई मजवुत बनाउनु पर्दछ ।
– हामीले आपसि सहयोगलाई प्रगाढ बनाउन र हाम्रा अन्तरसम्बन्धित चासोहरुका नयाँ सम्भावनालाई बढावा दिन आवश्यक छ । हामीले दुई देशका जनतालाई अधिकतम फाईदा दिनका लागि हाम्रा बिकास रणनीतिहरुको पुरकतालाई बढावा दिनुपर्दछ, ‘बेल्ट एण्ड रोड’ र ‘ ‘दुई करिडोरहरु’ ‘एक आर्थिक क्षेत्र’ लाई प्रवद्र्धन गर्नुपर्दछ र हाम्रा मुख्य क्षेत्रहरु जस्तै पुर्वाधार, व्यापार, औद्योगिक क्षमता, सिमापार आर्थिक सहयोग क्षेत्र र कृषि क्षेत्रमा ठोस काम गर्नु पर्दछ ।
– हाम्रा आदान प्रदानहरुलाई बिस्तार गर्नु पर्दछ र जनता जनता बिचको निकटताका लागि नयाँ जग निर्माण गर्नु पर्दछ । हाम्रा जनताहरुले एक अर्कालाई राम्रोसंग बुझ्न र एक पुस्ता बाट अर्को पुस्तामा हस्तान्तरण गर्न हाम्रो परम्परागत मित्रतालाई अगाडि बढाउन आवश्यक छ , जनता जनता बिचको आदान प्रदानलाई प्रवद्र्धन गर्नु पर्दछ, संस्कृति, शिक्षा र पर्यटन र हाम्रा युवा तथा आमसञ्चार संगठनहरुलाइ बढावा दिनु पर्दछ ।
– हामीले हाम्रा मन मष्तिष्कमा ठूलो चित्र राख्नु र समबन्धमा असल छिमेकीपनको नयाँ अध्याय लेख्नु आवश्यक छ । हामी आफ्नै विकास, सुधार र स्थायित्व र चिन भियतनाम मित्रताको बृहत्तर हितमा काम गर्दै हाम्रा बीचका असहमतिहरु तथा मतान्तरहरुलाई राम्रोसंग व्यवस्थापन गर्नु आवश्यक छ । मैत्रीपुर्ण परामर्शका माध्यमबाट दुबैलाई स्वीकार्य समुद्री मुद्धाहरुको आधारभूत र दिगो समाधान खोज्न प्रतिवद्ध रहनु पर्दछ । हामीले दक्षिण चिन सागरमा दुबै पक्षका आचरण सम्बन्धि घोषणापत्र को पूर्णतया र प्रभावकारी हिसावले लागु गर्न आवश्यक छ । दक्षिण चिन सागरमा आचार संहिता माथिको परामर्श सक्रियताका साथ अगाडि बढाउंदै संयुक्तरुपमा शान्ति र स्थिरतालाई कायम राख्न आवश्यक छ ।


– मेरो भ्रमणको अर्को महत्वपुर्ण एजेण्डा दा नाङ्गमा सम्पन्न हुन गइरहेको एपेक राष्ट्रका आर्थिक नेताहरुको २५ औं बैठकमा सहभागी हुनु हो । चिनले यो मिटिङ्गलाई सफलताका साथ सम्पन्न गराउन भियतनामलाई समर्थन र सहयोग गर्दछ र भियतनाम र अरु सदस्यहरुसंग क्षेत्रीय आर्थिक एकिकरण, एसिया प्यासिफिकमा स्वतन्त्र व्यापार क्षेत्र निर्माण, क्षेत्रीय कनेक्टीभिटीको मजवुतीकरण, संरचनात्मक आर्थिक उन्नती र नयाँ सोच समावेसी बिकासको प्रवद्र्धन र ब्यवहारिक छलफलहरु तथा ‘नयाँ गतिशलिताको सृजना गरी साझा भविष्यको सम्बद्र्धन गरौं’ भन्ने विषय अन्तर्गत २०२० पछिको दृष्टिकोणको रेखांकन गर्नुपर्दछ । हामी एसिया प्रसान्त क्षेत्रको साझा विकाश र समृद्धिमा सहयोग पु¥याउन यो मिटिङ्ग ज्यादै उत्पादनशील बनोस् भन्ने कामना गर्दछौ ।
– अध्यक्ष हो चि मिन्हले भियतनाम चिन सम्बन्ध र मित्रतालाई तुलना गर्दै भन्नु भएको थियो, ‘हात र खुट्टाका बीच, मुसल र मोर्टारका बीच, जरा र काण्डका बीच र दाई र भाईका बिचको जस्तो सम्बन्ध रहेको बताउनु भएको थियो । एउटा चिनिया उखानले पनि भन्दछ , ‘जब भाईहरु एउटै मष्तिष्कका हुन्छन् उनीहरुसंग धातु पनि काट्न सक्ने क्षमता रहन्छ ।’ यो यात्रामा म भियतनामी नेताहरु र बिभिन्न क्षेत्रका मित्रहरुसंग हाम्रो बिशेष सम्बन्धलाई प्रगाढ बनाउन, सहयोगका सम्भावनाबाट फाईदा उठाउन, मित्रताको निर्माण गर्न, हाम्रा सामाजिक सम्बन्धहरुलाई प्रगाढ बनाउन र चिन भियतनाम सम्बन्धमा सयुक्तरुपले नयाँ खाका कोर्न गहन छलफलको आशा गर्दछु ।

Chinese President Xi Jinping (L) meets with Vietnamese Prime Minister Nguyen Xuan Phuc in Da Nang, Vietnam, Nov. 11, 2017. (Xinhua/Fei Maohua)

(चाइना डेलीबाट, राष्ट्रपति सि ले सन् २०१७ मा भियतनाको भ्रमणका क्रममा व्यक्त गर्नुभएको विचार अहिले पसनि सान्दर्भिक हुने ठानेर यहां दिएका छौं– सम्पादक)

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board