अस्ट्रेलियाका हिउँ पहाड : नेपालबाट आउने यात्रुहरुलाई रोमान्चित गराउदै

सिड्नी तथा न्यु साउथ वेल्स राज्यका बिभिन्न बस्तीहरु र क्यानबेराबाट ठुलो संख्यामा नेपालीहरु दैनिक जसो हिउँ खेल्न स्नोई माउन्टेन तर्फ जाने गरेका  छन् । यो पर्वतीय शृंखला आसपास  भएका गाई तथा भेडा फारमहरु, कलकल बग्ने खोलाहरु, र ग्रामिण बस्तीहरुले पहाडी देश नेपालबाट आउने यात्रुहरुलाई रोमान्चित गर्दछन् ।

Nepalese in Snowy Mountain Area

स्नोई माउन्टेन । अस्ट्रेलियाको स्नोई माउन्टेनमा हिउँ खेलेर  आनन्द लिनेहरुको भिड थामिनसक्नुको छ । लामो स्कूल बिदा परेका हप्ता यो भिड झन् बढी थियो ।

छिमेकी भिक्टोरिया राज्यमा कोरोना भाइरसको दोश्रो वेभ आए पछी त्यताको सिमाना बन्द छ  । तर न्यु साउथ वेल्स र क्यापिटल टेरीटोरीबाट हिँउमा रमाउँन, एक आपासमा हिउँ छ्याप्न र स्की गर्न आन्तरिक पर्यटकहरुको ठूलो भिड यो क्षेत्रमा देखिन्छ । अस्ट्रेलियाको सबै भन्दा अग्लो पर्वत माउण्ट कजस्को पनि यही क्षेत्रमा पर्छ ।

हिउ पन्छाउदै फायर फाइटर

गत डढेलोका बेला अहोरात्र आगो निभाउन खटेका फायर फाइटरहरु चर्को हिमपात भएकाबेला स्नोई माउन्टेनमा आवागमन गर्ने राजमार्गहरुमा हिउँ पन्छाउन खटेका छन् ।

यो मौसममा उनीहरुको जिम्मेवारी राजमार्गहरुमा यात्रुको सुरक्षित आवागमनलाई सहयोग गर्नु, राजमार्गमा थुप्रियको हिउँ पन्छाउनु, हिउमा फसेका सवारी साधनको उद्दार गर्नु हुन्छ ।

अघिल्लो हप्ता यो क्षेत्रका राजमार्गहरुमा ६० सेन्टिमिटरसम्म हिउँ थुप्रिएकाले झन्डै एक सय सवारी साधन हिउँमा फसेका थिए । तर फाएर फाइटरहरुले हिउँ पन्छाएर उनीहरुको सुरक्षित् उद्दार गरेका थिए ।

स्थानीय मोनारो पोस्टका अनुशार जिन्दाबाइन र अल्पाइन इलाकामा करिव २४ घण्टासम्म भएको हिमपातले कजस्को सडकमा मात्रै ६० वटा र क्षेत्र भरी एक सय वटा गाडीहरु फसेका थिए तर त्यहाँ कुनै पनि दुर्घटना भने भएन ।

यो क्षेत्रमा भारी हिमपात र उद्दारको सचित्र समाचार जुलाई १५ को अंकमा प्रकाशित गरेको उक्त पत्रिकाले न्यु साउथ वेल्स प्रहरी, रुरल फायर सर्भिस र फाएर एंड रेस्क्यु टीम अहोरात्र खटेकाले यो सम्भव भएको बताएको छ ।

जब हामी हिउँमा फस्यौ

जुलाई १३ मा स्नोई माउन्टेनको हिउँमा फस्नेहरुमा एक थिए – नेपाली पथ प्रदर्शक पदम । सिड्नीबाट परिसर उपत्यकामा सम्म एक दर्जन घरेलु नेपाली पर्यटक लिएर गएका उनको गाडी हिउँमा ५ घण्टा सम्म फसेको थियो । उक्त दिनको हिउँ खेल्ने कार्यक्रम प्रभावित भएको बताउदै उनले भने – प्रहरी र फायर एंड रेस्क्यु टिमले हामी लगाएत सबैका गाडीहरुलाई सुरक्षित् उद्दार गरे ।

सिड्नी तथा न्यु साउथ वेल्स राज्यका बिभिन्न बस्तीहरु र क्यानबेराबाट ठुलो संख्यामा नेपालीहरु दैनिक जसो हिउँ खेल्न स्नोई माउन्टेन तर्फ जाने गरेका  छन् ।  राम्रो आवासीय सुबिधा भएका होटेल तथा मनोरम उपत्यका, जिन्दाबांइन ताल र हिमदृश्यहरु यहाँको मुख्य आकर्षण हो ।

यो पर्वतीय शृंखला आसपास  भएका गाइ तथा भेडा फारमहरु, कलकल बग्ने खोलाहरु, र ग्रामिण बस्तीहरुले पहाडी देश नेपालबाट आउने यात्रुहरुलाई रोमान्चित गर्दछन् ।

नेपालीहरुको पर्बतिय पर्यटन

सिड्नीबाट केहि नेपालीहरुले नेपालीलाई नै लक्षित् गरेर ब्यवसायिक पर्यटनको सुरुवात गरेका छन्  यो बर्ष  जुलाई ५ बाट ब्यवसायिक सेवा सुरु गरेका बिष्णु सापकोटाले यो हप्ता सम्म १५  टोलिका एक सय ४० नेपालीलाइ स्नोई माउन्टेनको यात्रा गराई सकेका छन् ।

सिड्नीबाट झन्डै ५ घण्टा यात्रा पछी कोमा भन्ने गाउँमा साझको बास बस्ने र भोली पल्ट बिहानै हिउ भरिएका पहाड चड्ने गरेको नेपाली टुर अपरेटर बिष्णु सापकोटाले बताए । हिमाली देश नेपालका नेपालीहरुलाई अस्ट्रेलियाका हिम पर्बत घुमाएर कमाइ भैरहेकोमा आफुलाई खुसि लागेको उनले बताए ।

आफ्ना यात्रुहरुलाई उनले कोमा भन्ने स्थानमा रात्रि बासको ब्यबस्था गरेका छन् भने दुइ दिन एक रातको यात्राको प्रति व्यक्ति दुइ सय २० अस्ट्रेलियन डलर शुल्क लिने गरेका छन् । उनले क्याम्प फायर मन पराउने पर्यटकका लागि आफूसंगै दाउरा पनि बोकेर लागेका हुन्छन र होटेल संगको समंवोयमा साझ क्याम्प फायर गर्दछन ।

उनि जस्तै अरु दुइ नेपाली टिमले पनि यो ब्यवसाय सुरु गरेका छन् । नेपाली र अन्य जो सुकैका लागि स्नोई माउन्टेनका पर्यटक सेवा सुरु गरेका नेपाली मध्य अर्का  हुन् – अमर पौडेल । संग कुरा गर्दै  अमरले भने – मैले गत बर्ष देखि सुरु गरेको हुँ । यस बर्ष कोरोना भाइरसले यात्रा गर्नेहरु अलि कम भए । उनले गत बर्षको तिन महिनामा चालिस वोटा टिम लाइ यात्रा गराएका थिए । यो बर्ष अलि कम भएको उनको भनाइ छ ।

उनले दुइ दिन र एक दिनको प्याकेज बनाएका छन् । जसमा दुइ दिन एक रातको उनी एक सय ९९ अस्ट्रेलियन डलर शुल्क लिन्छन र एक दिनको ९९ मात्र । नेपालमा पुल्चोकीमा कहिले काही हिउँ खेल्न गएका उनी अहिले अस्ट्रेलियाको हिउँ पर्बतमा हिउ खेलाउन दुइ जनालाई रोजगारी दिएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board