सीतापाइलामा दहि किन्न निस्किएकि २२ वर्षीया युवतीमाथि एसिड प्रहार

काठमाडौं, ८ साउन । बिहीबार साँझ सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीलाई घरबाट दही किन्न निस्किदै गर्दा उनीमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुहारमा एसिड परेको छ र, कीर्तिपुरस्थित अस्पतालमा लगिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए । उनका अनुसार ‘कसले प्रहार गरेको हो भन्ने खुलिसकेको छैन, प्रहरीले तेजाब प्रहार गर्ने व्यक्तिको खोजी थालेको छ। घाइते युवतीले एसिड प्रहार गर्ने युवकलाई आफूले नचिनेको बयान दिएकी छन्। प्रहरीले सीसीटीभी फुटेजबाट एसिड हान्ने व्यक्तिको पहिचान गरेर खोजी भइरहेको जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति