संखुवासभामा असारको दोस्रो सातामै सकियो ७८ प्रतिशत रोपाई

संखुवासभामा, ८ साउन । पूर्वी पहाडी जिल्ला संखुुवासभामा यो बर्ष छिटो रोपाइ भएको छ । असार सकिएर साउनको दोस्रो साता पनि नबित्दै ७८ प्रतिशत रोपाइ सम्पन्न भएको कृषि ज्ञान केन्द्र संखुवासभाले जनाएको छ ।

यो बर्ष विगतका बर्षहरु भन्दा बर्षा छिटो र पर्याप्त हुनु नै समयमै रोपाई हुनुको प्रमुख कारण हो । त्यसका साथसाथै विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण देशविदेशबाट आममानिसहरु घर फर्किएको र खेतीपातीमा लागेकाले समेत रोपाइ छिटो भएको हो ।

गएका बर्षहरुमा यो समय सम्म ५० प्रतिशत मात्रै रोपाइ सम्पन्न हुने गरेको थियो । तर, यो बर्ष रोपाइ गर्ने क्रम ह्वात्तै बृद्धि भएको हो । संखुवासभाको माथिल्लो भेगमा रोपाइ छिटो गर्ने परम्परा छ । तर, जिल्लाको तल्लो भेगहरुमा कतिपय ठाउँहरुमा भर्खरै मात्रै रोपाइ शुरु र केही ठाउँहरुमा आधा जति रोपाइ भइसकेको छ । तल्लो भेगका बेसीहरुमा भने रोपाइ भर्खरै मात्र सुरु भएको छ ।

उक्त क्षेत्रहरुमा रोपाइ भएपछि रोपाइको परिमाण झन ह्वात्तै बढेर जाने समेत कृषि ज्ञान केन्द्रको भनाइ छ । कृषि ज्ञान केन्द्रले हरेक हप्ताको आइतबार कृषि निर्देशानालयमा जिल्लाको कृषि र रोपाइको बारेमा रिर्पोटिङ्ग गर्नुपर्ने हुन्छ । त्यसैले पनि रोपाइको अपडेट भइरहने गर्दछ ।

यो बर्ष पर्याप्त बर्षा र कोरोनाले गर्दा लकडाउनका कारण मानिसहरु घर फर्किएको र घरमा जनशक्ति हुदाँ रोपाइ छिटो भएको कृषि ज्ञान केन्द्र संखुवासभाका प्रमुख गोविन्द आचार्यले जानकारी दिए । गोविन्द आचार्य, प्रमुख कृषि ज्ञान केन्द्र संखुवासभा
संखुवासभा जिल्लामा १३ हजार ८ सय ५१ हेक्टरमा धानखेती गर्ने गरिन्छ ।

जिल्लाको खाँदबारी नगरपालिका भित्रका सेकाहा, पाङ्मा, मरुवा, हेलुवाबेसी, चन्दनपुर, चेवाबेसी, कलचेबेसी, पाङ्ठाबेसी, पिप्लेबेसी, माल्टाबेसी लगायतका ठाऊँहरुमा धानखेती गरिदै आएको छ । त्यसैगरि मादि र धूपू लगायतका स्थानहरु धान उत्पादन हुने क्षेत्रहरु हुन । त्यसका साथै मकालु गाउँपालिकाको हेदाङगना, पाँचखपन नगरपालिकाको वाना, होक्से र चैनपुर नगरपालिका भित्रका भण्डारीडाँडा लगायत आसपासका क्षेत्रहरुमा धेरै धान खेती गर्ने गरिन्छ ।

बिशेषः गरि यो जिल्लामा अटटे, बेलगुठी, खुमलचार, राधाकृष्ण, सानोमसिना, बासमति र कालधान लगायत जातका धानहरु उत्पादन गर्ने गर्दछन । पूर्वमा नै धान उत्पादनमा संखुवासभालाई राम्रो जिल्लाको रुपमा गनिदै आएको छ । खाद्यान्नका लागि संखुवासभा आत्मनिर्भर रहदै आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board