उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ८ साउन । काठमाडौं उपत्यकामा थप ९ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमा भक्तपुरका २, काठमाडौंका ५ र ललितपुरका २ रहेका छन् । उनका अनुसार आज १४७ मा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ५ जना संक्रमित भेटिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति