पूर्वडिआइजी कोइराला जेलमुक्त, हात हल्लाउँदै चढे प्रेमिकाको गाडीमा

काठमाडौं, ८ साउन । श्रीमती हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक डिआइजी रञ्जनप्रसाद कोइराला जेलमुक्त भएका छन् । सर्वोच्च अदालतको असार १५ गतेको आदेशानुसार आठ वर्ष छ महिना कैद सजाय भुक्तान गरी कोइराला आज जेलमुक्त भएका डिल्लीबजार कारागार कार्यालयका जेलर गणेश आचार्यले जानकारी दिए ।

यसअघि उक्त मुद्दामा कोइरालालाई काठमाडौँ जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । त्यसपछि पुनरावेदनको सुनुवाइ गर्दै उच्च अदालत पाटनलेसमेत जिल्ला अदालतको फैसला सदर गरेको थियो ।

उनलाई लिन उनकी प्रेमिका तारा रेग्मी डिल्लीबजार पुगेकी थिइन् । कोइराला सबैलाई हात हल्लाउँदैं आफ्नी प्रेमिकाको गाडीमा चढेका थिए ।

त्यसविरुद्ध प्रतिवादीकातर्फबाट सर्वोच्चमा पुनरावेदन परेको थियो । उक्त मुद्दामा सुनुवाइ गर्दै सर्वोच्च अदालतले सजाय घटाउँदै आठवर्ष छ महिना कैद कायम गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितका न्यायाधीशले मुद्दाको सुनुवाइ गरे । कोइरालाले विसं २०६८ मा पत्नी गीताको हत्या गरी शव नष्ट गर्ने उद्देश्यले मकवानपुरको पालु्ङमा लगेर जलाएको प्रहरीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board