स्याङ्जा, ८ साउन । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत् तीनजना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भएसंगै प्रहरी कार्यालय स्याङ्जा ‘सिल’गरिएको हो । प्रहरी उपरीक्षक विमलराज कणेलले काले सर्वसाधारण तथा सेवाग्राहीको प्रवेशमा पूर्ण रोक लगाइएपनि नियमित काम भने नरोकिने जानकारी दिए ।
उनका भने कुनैपनि सेवाग्राहीले निवेदन तथा जाहेरी वा अन्य पत्राचार गर्नुपरेमा विद्युतीय माध्यमहरु इमेल, फोनको प्रयोग गर्न सकिने छ ।
COMMENTS