23 July, 2020 7:07 am


विश्वमा पछिल्लो २४ घण्टामा २ लाख ७८ हजार ६२५ जनामा कोरोना संक्रमण

काठमाडौं, ८ असार । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड –१९) बाट १ करोड ५३ लाखभन्दा बढी मानिसमा संक्रमित भएका छन् ।

विहिवार विहानसम्म पछिल्लो २४ घण्टामा २ लाख ७८ हजार ६२५ जनामा संक्रमण देखिएसँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५३ लाख ६३ हजार ८४३ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १०७ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख २९ हजार ७८८ पुगेको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ९३ लाख ४० हजार ९२७ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १४७ जनाको मृत्यु भएको छ । २७ लाख १७ हजार ४९० जना संक्रमित भएकोमा १६ लाख २२ हजार ८८६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख १ हजार ४१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४७ लाख ९७ हजार ९३८ पुगेको छ । त्यसमध्ये २३ लाख ७५ हजार ९७८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ८४ हजार ४६८ जनाको मृत्यु भएको छ । ३५ लाख ९८ हजार ६०८ जना संक्रमित भएकोमा २५ लाख ६८ हजार २८० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख २६ हजार ९८८ जनाको मृत्यु भएको छ । ३४ लाख ६१ हजार ७८ जना संक्रमित भएकोमा २३ लाख २४ हजार ६८६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १६ हजार ४७९ जनाको ज्यान गएको छ भने ७ लाख ७३ हजार ४१८ संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ३८ हजार २८८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १५० जनाको मृत्यु भएको छ । १४ हजार ५९० जना संक्रमित भएकोमा १० हजार १५८ जना संक्रमणमुक्त भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board