23 July, 2020 6:57 am


भारतमा कोरोना भयावह बन्दै : पाँच दिनमा मात्रै १ लाख ९९ हजार १२७ जना संक्रमित


काठमाडौं, ८ साउन । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसले भारतमा लगातार नयाँ रेकर्ड कायम गरेको छ । लगातार कोरोना संक्रमितको संख्यामा दिन दिनै बृद्धि हुदै आएको भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४५ हजार ५९९ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै पछिल्ला पाँच दिनमा मात्रै १ लाख ९९ हजार १२७ जना संक्रमित भएका छन् । लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा यसअघि सोमबार एकै दिन अहिलेसम्मकै सर्वाधिक ४० हजार २४३ जनामा संक्रमण देखिएको थियो । कुल संक्रमित संख्या १२ लाख ३९ हजार पुगेको भारत विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी संक्रमितको सूचिमा छ । संक्रमितमध्ये अहिलेसम्म ७ लाख ८४ हजार २६६ संक्रमणमुक्त भएका छन् भने ४ लाख ‍२५ हजार ५२८ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा १ हजार १२० जनाको मृत्यु भएपछि बिहीबार बिहानसम्म ज्यान गुमाउनेको २९ हजार ८९० पुगेको विश्वभरको कोरोना संक्रमितको डाटा उपलब्ध गराउदै आएको वल्र्डमिटरले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board