अमेरिकामा कोरोना संक्रमणको अवस्था झन् भयावह हुन सक्ने चेतावनी

अमेरिका, ७ साउन । पटक–पटक कोरोना संक्रमणबाट बच्न मास्क लगाउनुपर्ने अभिव्यक्ति दिनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क प्रभावकारी भएको बताउनुभएको छ ।

पत्रकार सम्मेलनमा उहाले मास्क भने लगाएका थिएनन् । अमेरिकाका दर्जनौं राज्यमा कोरोना भाइरसको महामारी अझ व्यापक भएपछि राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । केही दिनअघि मात्रै उहाले मास्क लगाउने नलगाउने अमेरिकी नागरिकको स्वतन्त्रताको विषय भएको बताएका थिए ।

राष्ट्रपति ट्रम्पले अमेरिकामा अब केही समय कोरोना संक्रमण अझ भयावह हुने चेतावनी पनि दिएका छन् । लामो समयपछि कोरोना भाइरसबारेको दैनिक प्रेस ब्रिफिङ सुरु गरेका ट्रम्पले यसपटक भने सन्तुलित प्रतिक्रिया दिएका छन् । यसअघि डिसइन्फेक्टेन्टको भ्याक्सिन दिएर कोरोना निको हुने बताएका ट्रम्पको निकै आलोचना भएपछि कोरोनाबारेको प्रेस ब्रिफिङ समेत बन्द गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति