नेपालमा कोरोना संक्रमणबाट एक चिनियाँ नागरिकको मृत्यु

काठमाडौं, ७ साउन । नेपालमा एक विदेशी नागरिकको कोरोनाका कारण मृत्यु भएको छ । काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत् एक चिनियाँ नागरिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । नेपालमा कोरोनाभाइरसबाट विदेशी नागरिकको पहिलोपटक मृत्यु भएको हो ।

५८ वर्षीया चिनियाँ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि अस्पतालका निर्देशक डा. रोहित पौडेलले पुष्टि गरे । उनका अनुसार उनी हिजो बेलुका अस्पताल भर्ना भएका थिए । आज बिहान उनको मृत्यु भएको हो । अहिले उनको शव अस्पतालमै राखिएको छ।

मृतक महिलालाई ग्रान्डी अस्पतालबाट टिचिङमा ‘रिफर’ गरिएको थियो। ग्रान्डी अस्पतालमै हुँदा उनमा संक्रमण पुष्टि भएको थियो।

दूतावासको रोहबरमा सेनाले उनको शव व्यवस्थापन गर्ने बताईएको छ ।
मृतक महिलाबारे थप विवरण भने आउन बाँकी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति