तुइनबाट खसेर ७७ वर्षीय वृद्धको मृत्यु

काठमाडौं, ७ साउन । तुइनबाट खस्दा मकवानपुरमा ७७ वर्षीय वृद्धको मृत्यु भएको छ। मंगलबार साँझ ५ बजे तुइनबाट खसेर हेटौंडा उपमहानगरपालिका-१ लालझाडी बस्ने कृष्ण प्रसाद पराजुलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको उपचारका लागि अस्पताल लाँदै गर्दा मृत्यु भएको हो । उनी हिजो पारीपट्टिको खेतमा जान खोज्दा तुइनमा चढ्न एउटा खुट्टा राखेर अर्को राख्दा चिप्लिएर लडेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार चट्टानमा बजारिएपछि उनी गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भएका उनलाई प्रहरी पुग्नुअगावै हेटौंडाको जिल्ला अस्पताल लगिएको थियो भने, जिल्लाबाट भरतपुर अस्पतालमा ‘रिफर’ गरिएको थियो तर पुग्न नपाउँदै उनको बाटोमै मृत्यु भएको हो । हेटौंडा जिल्ला अस्पतालमा उनको शव पोष्टमार्टमको लागि राखिएको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति