सलहका झुण्ड फेरि नेपाल छिरे

दाङ, ७ साउन । सलहको झुण्ड दाङ हुँदै आइतबार फेरि नेपाल प्रवेश गरेका छन् । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार झुण्ड कति संख्यामा प्रवेश गरेको यकिन गर्न भने सकिएको छैन ।

उनका अनुसार धेरै संख्यामा झुण्ड देखिएको छन्। आउने क्रम जारी रहेको छ, विवरण संकलन भईरहेको छ । आइतबार बिहान साढे नौ बजे भारतको उत्तर प्रदेशका सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डमध्ये एउटा झुण्ड दाङको गढवा गाउँपालिकाको २ र ३ नं वडा प्रवेश गरेको र दिउँसो १ बजेतिर राप्ती गाउँपालिकाको लालमटिया क्षेत्रमा आकाशमा देखिएको बताईएको छ ।

सलहका थप झुण्डसमेत आउन सक्ने सम्भावना रहेकोले प्रदेश नम्बर ५, २ र १ का तराई र मध्य पहाडी क्षेत्रमा समेत आवश्यक सतर्कता अपनाउन केन्द्रले अनुरोध गरेको छ।

उक्त स्थानमा कृषक तथा समुदायबाट विभिन्न अवरोध सिर्जना गरी बस्न नदिए पछि उत्तर पूर्वतर्फ लागेको केन्द्रले बताएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति