22 July, 2020 8:00 am


प्रिमियर लिगमा सिटीको फराकिलो जित


काठमाडौं ७ साउन ।  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र एस्टोन भिल्ला विजयी भएका छन् ।

गएराति भएको खेलमा सिटीले वाटफोर्डलाई पराजित गर्दा एस्टोन भिल्लाले आर्सनलमाथि जित दर्ता गरेको हो । गएराति भएको खेलमा सिटीले वाटफोर्डलाई ४(० ले स्तब्ध बनाएको हो । सिटीको जितमा रहिम स्टर्लिङले दुई तथा फिल फोडेन र एम्रिक लापोर्टेले एकरएक गोल थपेका थिए । ३१ औं मिनेटमा स्टर्लिङले अग्रता दिलाएका थिए ।

४० औं मिनेटमा पाएको पेनाल्टीमा स्टर्लिङले लागि दोस्रो गोल गरे । पहिलो हाफमा २ गोल गरेको सिटीले दोस्रो हाफमा पनि २ गोल थपेको थियो । ६३ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता ३(० मा पुर्याए । ६७ औं मिनेटमा लापोर्टेले गोल गर्दै सिटीलाई ४–० को सहज अवस्थामा लगे । त्यसपछि थप गोल नभएपछि सिटी फराकिलो अन्तरले विजयी भयो ।

जितसँगै दोस्रो स्थानको सिटीले ३७ खेलमा ७८ अंक जोडेको छ । यस्तै आर्सनलविरुद्ध एस्टोन भिल्लालाई मोहम्मद हसनले २७ औं मिनेटमा गरेको गोल नै स्पष्ट तीन अंक दिलाउन पर्याप्त बन्यो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board